Comments Add Comment

धान उत्पादन ९ प्रतिशतले बढ्यो, प्रदेश २ मा सबैभन्दा धेरै

१० पुस, काठमाडौं । नेपालमा यसवर्ष धान उत्पादनमा ९ प्रतिशतले वृद्धि भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष नेपालमा ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको हो ।

गतवर्ष ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष बढेर ५६ लाख १० हजार मेट्रिक टन पुगेको हो । गत वर्ष भन्दा धान रोपाईं गरिएको खेत पनि वृद्धि भएको मन्त्रालयले जनाएको छ । गत वर्ष १४ लाख ६९ हजार ५ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा यसवर्ष १४ लाख ९१ हजार ७ सय ४४ हेक्टरमा धान खेती भएको हो ।

प्रदेशगत हिसाबले सबैभन्दा धेरै प्रदेश २ मा धान उत्पादन भएको मन्त्रालयका कृषि तथ्यांक प्राविधिक समितिका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए ।

यस प्रदेशमा १४ लाख ९५ हजार ४४ मेट्रिक टन धान उत्पादन भएको छ । त्यस्तै प्रदेश १ मा १२ लाख ३७ हजार ९ सय ५२, प्रदेश ५ मा ११ लाख ८८ हजार ६ सय ७५ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ५ हजार ६ सय २६ मेट्रिक टन धान उत्पादन भएको छ ।

त्यस्तै प्रदेश ३ मा ५ लाख २१ हजार ४ सय ४६, गण्डकी प्रदेशमा ४ लाख २७ हजार ६ सय ८९ र कर्णालीमा १ लाख ३३ हजार ५ सय ७९ मेट्रिक टन धान उत्पादन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment