Comments Add Comment

विधेयकमा चलखेल गरे अनसन बस्ने डा. केसीको चेतावनी

११ पुस, काठमाडौ । प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सहमति विपरित संसदीय समितिमा चलखेल भएको भन्दै कुनै पनि बेला अनसन बस्ने चेतावनी दिएका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन अघि डा. केसीसँग छलफल गर्न चाहेको थियो । तर, उनले थप छलफल आवश्यक नभएको जवाफ दिएका छन् । साथै मेडिकल माफियाको स्वार्थ पूर्तिका लागि समितिमा चलखेल भएको भन्दै अनसन बस्ने चेतावनी दिएका छन् ।

डा. केसीले बुधबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीसित भएको सम्झौतालाई तोडमोड गरेर माफिया पोस्ने काममा पार्टीहरु र जनप्रतिनिधिहरु लाग्नु निन्दनीय छ । त्यस्तो कार्य हाम्रा लागि स्वीकार्य छैन ।’

आफूसँग भएको सहमतिमा अलिकति पनि तलमाथि गर्ने प्रयास भए पुस १७ अगाडि नै अनसन बस्ने उनको चेतावनी छ । उनले भने, ‘त्यसपछिको लडाइँ माफियाहरुसित मात्रै नभएर तिनलाई संरक्षण गर्ने, पालनपोषण गर्ने र तिनलाई परिचालन गरेर धनी हुने दलका नेताहरु, पदाधिकारीविरुद्ध केन्द्रित हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment