Comments Add Comment

डिआईजी क्षेत्रीले विद्यार्थीलाई भने– फेसबुकको दुरुपयोगबाट अपराध बढेको छ, सजग हुनुस्

११ पुस, काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) शैलेश थापा क्षेत्रीले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालको दुरुपयोगले आपराधिक गतिविधिहरु बढ्दै गएको बताउँदै त्यस्ता अपराधबाट सजग रहन सबै समक्ष आग्रह गरेका छन् ।

काठमाडौं–१०, बानेश्वरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुसँग भएको छलफलमा उनले सामाजिक सञ्जालको प्रयोग गर्दा सजग हुन आग्रह गरेका हुन् ।

उनले साइबर अपराध, सामाजिक सञ्जाल र जबरजस्ती करणी सम्बन्धी चेतनामूलक प्रशिक्षण समेत दिए । उनले त्यस किसिमका अपराधबाट बच्ने उपायहरुबारे समेत विद्यार्थीलाई जानकारी गराए ।

‘सुरक्षाका लागि प्रहरी औपचारिक पात्र मात्र हो । अनौपचारिक रुपमा सबै जनता जागरुक हुनुपर्छ’, उनले भने, ‘हरेक नागरिकले प्रहरीलाई कुनै पनि आपराधिक गतिविधिका बारेमा सूचना दिएर प्रहरीलाई सहयोग गर्नुपर्छ ।’

कार्यक्रममा बानेश्वर प्रहरी वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले कार्यक्रम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment