Comments Add Comment

५३ बर्षमा सलमान, बर्थ डेमा कट्रिनादेखि अनिलसम्मको मस्ती

बलिउडका सुपरस्टार नायक सलमान खानले आज आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन् । सलमान खानले आफ्नो जन्मदिनको अवसर पारेर वुधबार राती आफ्नो फार्म हाउसमा भव्य पार्टी समेत दिएका छन् । सलमानले आयोजना गरेको भव्य पार्टीमा सहभागी हुन कट्रिना कैफ, अनिल कपुर, सोनाक्षी सिन्हा, कृति सेनन, मौनी रोय, सोनाक्षी सिन्हा लगायत पुगेका थिए ।

सलमानले आफ्नो जन्मदिनको अवसरमा डान्स समेत गरेको भिडियो अहिले भाइरल भैरहेको छ । बलिउडमा सलमान खानको चर्चा विभिन्न कारणले हुने गर्दछ । आफ्नो विवादस्पद छवि, हिट चलचित्र, प्रेम सम्बन्ध, शरीरका कारण उनको चर्चा हुने गर्दछ । साथमा, सलमान खानले संचालन गर्दै आएको ‘विइङ ह्यूमन’ नामक संस्थाले समाजसेवामा पनि हात हाल्दै आएको छ ।

सलमान खानको प्रेम सम्बन्धले पनि उनलाई सधै चर्चामा राखेको छ । सलमान खानको प्रेम नायिका कट्रिना कैफसम्म पछिल्लो समय चलेको थियो । आजसम्म अविवाहित रहेका सलमान खान बलिउडमा हिट मेसिनको रुपमा चिनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment