Comments Add Comment

भूकम्पले क्षति पुर्‍याएको पद्मोदय स्कुलको भवन निर्माण

१२ पुस, काठमाडौं । भूकम्पले क्षति पुर्‍याएको काठमाडौंको पुतलीसडकस्थित पदमोदय माध्यामिक विद्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ ।

बिहीबार एक समारोहकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।

एशियाली विकास बैंकको ५ करोड आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको सो भवनमा पुस्तकालय, ल्यावसहितका २७ वटा कोठा रहेका छन् ।

सो भवनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राजनीतिक संक्रमणकालका कारण भूकम्पले क्षति पुर्‍याएको विद्यालय भवन पुनर्निर्माणको काममा केही ढिलाइ हुन गएको बताए ।

उनले एक वर्षभित्र भूकम्पले क्षति पुर्‍याएको विद्यालय भवन पुनर्निर्माणको काम सम्पन्न गरिसक्न पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आग्रह गरे । मन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानलाई सार्थक बनाउन शिक्षालाई विकाससँग जोड्ने गरी गुणस्तरीय शिक्षामा जोड दिन विद्यालय तथा विश्वविद्यालयहरुलाई आह्वान गरे ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गुणस्तरीय शिक्षामा जोड दिन विद्यालय परिवारलाई आग्रह गरे । उनले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुको संयुक्त पहलको आवश्यकतामा पनि जोड दिए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण गरिएको सो विद्यालय भवन गुणस्तरीय शिक्षाका लागि उपयोगी हुने विश्वास पनि व्यक्त गरे ।

२०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले क्षति पुर्‍याएको सो विद्यालय भवनको पुनर्निर्माणको काम १ वर्ष ३ महिनाभित्र सम्पन्न गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment