Comments Add Comment

युएईमा एनआरएनले स्वास्थ्य शिविर गर्दै

युएई/नेपाली कामदारलाई लक्षित गर्दै एनआरएन युएईले स्वास्थ्य शिविर गर्ने भएको छ ।

डिसेम्वर २८ तारिख शुक्रबार आबुधाबीको हमदान स्टि्रटमा रहेको अल अहलिया अस्पतालमा शिविर संचालन हुनेछ ।

अहलिया अस्पतालसँगको सहकार्यमा हुने शिविरमा नेपाली चिकित्सकहरुद्वारा नै स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था गरिएको आबुधाबी क्षेत्रीय समिति अध्यक्ष दुर्योधन कार्कीले जानकारी दिए ।

सहभागीहरुले होल बडि स्वास्थ्य परीक्षण गराउन सक्नेछन् । एनआरएनको गत असोजको बैठकले पुष र माघ महिनालाई स्वास्थ्य सचेतना अभियान महिनाका रुपमा मनाउने घोषणा गरेकोे थियो ।

साथै कामदार बस्ने क्याम्पबाट स्वास्थ्य शिविरसम्म आउन जानका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

बिहान १० बजेबाट सुरु हुने शिविरमा स्वास्थ्य विमा कार्ड नहुनेले पनि निःशुल्क स्वास्थ्य परीक्षण गर्न सक्ने एनआरएनले जनाएको छ ।

अबुधाबीपछि फुजेरामा पनि स्वास्थ्य शिविर संचालन हुने श्रेष्ठले बताए । जिएमसी अस्पताल फुजेरामा जनवरी तेस्रो सातामा शिविर रहने छ ।

एनआरएनले शिविरमा सहभागी भइ स्वास्थ्य सेवा लिन नेपाली कामदारलाई आग्रह गरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment