Comments Add Comment

अनुयायीलाई वेपत्ता पारेको भन्दै बम्जनबिरुद्ध प्रहरीमा उजुरी

१२ पुस, सिमरा । तपस्वीको रुपमा चर्चामा आएका रामबहादुर बम्जनविरुद्ध बारा प्रहरीमा उजुरी परेको छ ।

आफ्नै अनुयायीलाई तीन वर्षदेखि वेपत्ता पारेको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा बिहीबार उजुरी दर्ता भएको हो । जितपुर सिमरा उपमहागर–१८ बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगर लामो समयदेखि अनुयायी भएर बम्जनसँग बस्दै आएका थिए ।

तर, तीन वर्षयता पूर्णरुपमा सम्पर्कबिहीन भएको भन्दै परिवाले प्रहरीमा उजुरी दिएका छन् ।

सुरेश आले

परिवारका सदस्यहरुका अनुसार उनी बेलाबेला आउने गर्थे र ५/७ दिन बसेर फर्किने गरेका थिए । बम्जनका अनुयायी भएपछि लामा पोशाक लगाउन थालेका सुरेश अन्तिम पटक २०७२ जेठ पहिलो साता घर आएका थिए । फेरि जाने नजाने दोधारमा रहेको बेला बम्जनका विश्वास पात्र माएिका जसबहादुर वाइवाले फकाएर लगेको र त्यसबेलादेखि सम्पर्कविहीन रहेको उजुरीमा उल्लेख छ ।

‘उ जिउँदो छ या मृत्यु भयो केही थाहा छैन । हाम्रो छोरा वेपत्ता पारिएको छ,’ बाबु हस्तबहादुर आलेले भने, ‘उसको अत्तोपत्तो भएन, एकपटक बम्जनको आश्रम हलखोरिया काठमाडौंसम्म पुग्दा त्यहाँ रहेकाहरुले सुरेशले आश्रम छाडेर गएको बताए ।’

बम्जनले नै सुरेशलाई बेपत्ता पारेको भन्दै हजुरबा र बाबुआमाले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment