Comments Add Comment

सन्दीपको टिम मेलबर्नको पहिलो जित

१२ पुस, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा पहिलो जित निकालेको छ ।

बिहीबार सिड्नी क्रिकेट मैदानमा भएको खेलमा मेलबर्नले सिड्नी सिक्सर्सलाई पाँच विकेटले पराजित गरेको हो । १३१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मेलबर्नले १४.५ बलमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

मेलबर्नको जितमा ओपनर पिटर ह्यान्डस्कोबले विस्फोटक ब्याटिङ गरे । उनले ७० रन बनाए । उनले ३५ बलमा नौं चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, निक लर्किनले २० र मार्कुस स्टोइनिसले १० रन बनाए ।

बलिङतर्फ बेन ड्यारसुइसले तीन विकेट लिए । त्यस्तै, स्टेभ ओकिफले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले निर्धारित २० ओभरमा नौं विकेटको क्षतिमा १३० रन बनाएको थियो । सिड्नीका लागि जोर्डन सिल्कले अविजित ४१ रन बनाए । त्यस्तै, सेयन एबोटले २२ र ड्यानियल हुघेसले २० रन बनाएका थिए ।

बलिङतर्फ नेपालका युवा खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिए । यता, ज्याक्सन कुलेमनले भने तीन विकेट लिए । ड्वारेन ब्राभोले पनि दुई विकेट लिए ।

यसैबीच बिग ब्यास लिगमा सन्दीपको टिम मेलबर्न स्टार्सले पहिलो जित हात पारेको छ । उसले बिहीबार भएको खेलमा सिड्नी सिक्सर्सलाई ५ विकेटले हराएको हो । सिड्नीले दिएको १३१ रनको लक्ष्य मेलबर्नले मात्र १४.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment