Comments Add Comment

निरिशाको फिल्मी निशाना

नेपाली चलचित्रका कलाकारले आफ्ना नयाँ पुस्तालाई यहि क्षेत्रमा ल्याउन थालेका छन् । धेरै कलाकारका सन्तती अहिले यो क्षेत्रमा सफल देखिएका छन् । अब, कलाकार विश्व बस्नेतकी कान्छी छोरी निरिशा बस्नेतले पनि चलचित्र क्षेत्रमा पाइला राखेकी छिन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘जानी नजानी’ हो ।

यो चलचित्रको मुख्य भूमिकामा रहेकी निरिशा मुम्बइमा बस्दै आएकी छिन् । उनले भारतीय टेलिभिजनबाट प्रशारण भएको ‘चन्द्रनन्दिनी’ नामक सिरियलमा समेत काम गरिसकेकी छिन् ।

निरिशाले आफूले राम्रो टिमसँग काम गर्न पाएको भन्दै दर्शकले काम हेरेर आफ्नो मुल्यांकन गर्ने बताइन् । चलचित्र क्षेत्रमा नै केहि गर्ने सोच बनाएकी निरिशाको निशाना यो क्षेत्रमा कत्तीको लाग्ने हो, प्रतिक्षा गर्नैपर्छ । तर, उनमा देखिएको आत्मविश्वासले भने उनी यो क्षेत्रमा गम्भिर भएर प्रवेश गरेकी हुन् भन्ने वुझ्न सकिन्छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment