Comments Add Comment

चाउचाउ दिएर बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

१२ पुस, विराटनगर । मोरङमा एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बुधवार साँझ चाउचाउ दिएर मनोहरा सामुदायिक वन छेउको खोल्सीमा लिएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय गोपाल दनुवारलाई पक्राउ गरेको हो ।

दनुवार उर्लाबारी-१ स्थित घरबाटै पक्राउ परेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सीनाले जानकारी दिए । घटनामा संलग्न २३ वर्षीय धिरज श्रेष्ठ भने फरार छन् ।

किशोरीले दिएको हुलियाका आधारमा दनुवारलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरी निरीक्षक तिम्सिनाले बताए । प्रारम्भिक अनुसन्धानबाट बालिकालाई फकाएर जवरजस्ती करणी गरेको देखिएपछि बिहीवार जिल्ला अदालतबाट दनुवारलाई म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment