Comments Add Comment

हुण्डाई मोटर्सले ल्यायो ‘विन्टर डिलाइट अफर’

१२ पुस, काठमाडौं । हुण्डाई मोटर्सको लागी नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘विन्टर डिलाइट अफर’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत आकर्षक नगद उपहार १ वर्षको निःशूल्क बीमा, एक लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस, १५ हजार रुपैयाँसम्मको लोयल्टी बोनस तथा स्पट एक्सचेञ्ज र मुल्याकंन सुविधा उपलब्ध छ ।

हुण्डाई मोटर विश्वकै ५ ठुला अटो मोबाइल उत्पादक मध्येमा पर्ने कम्पनीको दाबी छ । ‘यस कम्पनीका उत्पादनले विश्वभरका ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ’, कम्पनीद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १४ शोरुम र १६ सर्भिस सेन्टरहरु मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ । हुण्डाईका सबै गाडीहरुमा ४ वर्षको निःशूल्क सर्भिसिङको समेत व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment