Comments Add Comment

नेकपा बैठकमा भीम रावलले भने– म भिडियो देखाइदिन्छु

१२ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले बिमिस्टेक सैन्य अभ्यास र वाइडबडी प्रकरणमा नेतृत्वलाई प्रश्न गरेका छन् ।

पार्टी कार्यालय धुम्बारारीमा बसेको बिहीबारको बैठकमा स्थायी कमिटी सदस्यहरुले उठाएको प्रश्नबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम थियो ।

तर, बैठकको सुरुमा नै भीम रावलले बिमिस्टेक सैन्य अभ्यासबारे सरकारको जवाफ मागेका छन् । सैन्य अभ्यासमा भाग लिन्छ भनेर भारतका विदेशमन्त्री सुष्मा स्वराजले दिल्ली र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा बोलेको भिडियो आफूसँग रहेको भन्दै उनले भने, ‘सुन्ने हेर्ने हो भने म भिडियो देखाइदिन्छु ।’

आफूहरुले यतिकै यो विषय उठाएको भन्दै उनले प्रष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।

भारतको पुनेमा भएको बिमिस्टेक सैन्य अभ्यासमा सुरुमा नेपाल सहभागी हुने भनिएको थियो । तर, अन्तिममा गएन । यसले भारतीय नेतृत्व असन्तुष्ट भएको मानिएको छ ।

अन्य भए राजीनामा दिन्छन्, हाम्रोमा के हुन्छ ?

बैठकमा अर्का नेता रघुजी पन्तले वाइडबडी प्रकरणबारे नेतृत्वको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले संसदीय समितिमा झुटो बोलेको प्रमाणित भएको भन्दै उनले भने, ‘संसदमा झुठो बोल्दा अन्यत्र भए राजीनामा दिने चलन छ । हाम्रो के हुन्छ ?’

रावल र पन्तपछि बोलेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली दुबै प्रश्नमा मौन बसेका छन् । बरु, बाइडवडीको छानविन गर्नुपर्छ भन्ने विपक्षी नेता शेरबहादुर देउवाले माग आएको भन्दै देउवाले भन्छन् भने सबैको छानविन गर्ने ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment