Comments Add Comment

भीम रावल फेरि कड्किएपछि आउने भयो नेकपाको वक्तव्य

१३ पुस, काठमाडौं । विवादास्पद एसिया प्यासिफिक समिटलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा फेरि चर्को बहस भएको छ ।

बहुसंख्यक नेताहरुले नेतृत्वले आत्मालोचना गर्नुपर्ने माग राखेपछि वक्तव्य जारी गर्ने सहमति भएको छ । तर, त्यसमा आत्मालोचना भने नहुने एक नेताले बताए ।

भीम रावल कड्किए

स्थायी कमिटीमा अधिकांश नेताहरुले एसिया प्यासिफिक समिटलाई लिएर सरकार र पार्टी नेतृत्वको आलोचना गरेका थिए । नेतृत्वले आत्मालोचना गर्नुपर्ने उनहरुको माग थियो ।

तर, बिहीबार जवाफ दिने क्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले यसबारे बोलेनन् । शुक्रबार पनि जवाफ नदिएपछि नेता भीम रावलले नेतृत्वले आत्मालोचना गर्नुपर्ने अडान राखे । बैठकको माहौल हल्लाखल्ला भयो ।

बैठकमा अध्यक्ष प्रचण्डले ‘कम्युनिष्ट पार्टीले सबै धर्मको सम्मान गर्छ, कुनै जाति र धर्म विशेषको होइन’ भन्दै पार्टीले वक्तव्य दिन्छ भन्दै रावललाई थुमथुम्याउने प्रयास गरे ।

यसको जिम्मा सुवास नेम्वाङ र रघुजी पन्तलाई दिए । एक नेताले भने, ‘कम्युनिष्ट पार्टीले सबै धर्मको सम्मान गर्छ, कुनै जाति र धर्म विशेषको होइन । एसिया प्यासिफिक समिटका क्रममा सरकार र संसदको लागो प्रयोगलाई लिएर प्रश्न आएको भन्दै आउँदा दिनमा सावधानी अपनाउने भन्ने आउनसक्छ ।’

रावलले भने फरक मत राख्ने बताएका छन् । बैठक सकिएपछि पनि अध्यक्ष प्रचण्डले रावललाई सम्झाएको भन्दै एक नेताले भने, ‘अब फरक मत चाहिँ रोकिएला कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment