Comments Add Comment

प्रदेशको नाम र राजधानी टुंग्याउन हतार छैन : सभामुख श्रेष्ठ

१३ पुस, हेटौंडा । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम र राजधानी टुंग्याउन हतार नभएको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले नाम र राजधानीका विषयमा राजनीतिक सहमति खोज्दा ढिला भएको प्रतिक्रिया दिए ।

‘अहिले हतार गर्ने बेला भएको छैन समय आएपछि सबै कुरा टुङ्गो लाग्छ’ उनले भने । राजधानीको विषय प्रदेशसभाको अधिकारको विषय भएको भन्दै उनले समय आएपछि यो विषयलाई प्रदेशसभाबाट टुंगो लगाउने दाबी गरे ।

वर्षे अधिवेशनबाटै राजधानी र प्रदेशको नामाकरण टुङ्गो लगाउने भनिए पनि राजनीतिक सहमति नहुनु र अदातलमा परेको मुद्दाको किनारा नलाग्दा राजधानीको विषय टुंग्याउन नसकेको बताएका हुन् । राजनीतिक सहमतिबाटै बिषयलाई किनारा लगाउने सोचमा आफू रहेको सभामुख श्रेष्ठले बताए ।

सभामुख श्रेष्ठले बजेटबाहेक अहिलेसम्मका सबै विधेयक प्रदेशसभामा सर्वसम्मत ढंगले पारित भएको बताए । पत्रकार सम्मेलनमा उपसभामुख राधिका तामाङले नीतिगत रुपमै उपसभामुखहरुको भूमिकालाई कम गरिएको गुनासो गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment