Comments Add Comment

२१ औं बुढासुब्बा गोल्डकप माघ सातादेखि

१३ पुस, धरान । मोफसलको चर्चित फुटबल प्रतियोगिता वुढासुब्बा गोल्डकपको २१ औं संकरण माघ २६ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा विदेशीसहित ८ टिमको सहभागिता रहनेछ । नेपालबाट आयोजक धरान, सहारा क्लब पोखरा, थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा, नेपाल पुलिस छन् भने विदेशी क्लबमा धुनमुन्दी क्लब वंगलादेश र ओइल इण्डिया एफसी दुलियाजान, आसाम छन् ।

यो वर्ष पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ । गोल्डकप विजेताले न्युनतम ८ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पाउने आयोजक धरान फुटबल क्लबका कोषाध्यक्ष घनश्याम वुढाथोकीले जानकारी गराए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडिले स्कुटर, सार्वाधिक गोलकर्ताले ३० हजार पाउनेछन् भने उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्टाइकरले जनही २५ हजार पाउनेछन् । म्यान अफ दि म्याचले १५ हजार पाउनेछ ।

यसैबीच अघिल्लो संकरणको आय व्यय सार्वजनिक गरेको छ । अडिट रिपोर्ट आउन बाँकी रहेको भन्दै २० औं संकरणमा ६ लाख ८७ हजार ७ सय रुपैया नाफा भएको जानकारी कोषाध्यक्ष घनश्याम वुढाथोकीले प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment