Comments Add Comment

चिटको युग सकियो, अब योजना बैंकबाट काम : मुख्यमन्त्री पौडेल

१३ पुस, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पुरानो ढर्रा त्याग्दै ‘योजना बैक’ बनाएर काम गर्ने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगले विभिन्न जिल्लामा पुगेर गरेको सम्भाव्यता अध्ययनलाई योजना बैंकको रुपमा प्रयोग गर्ने उनको भनाई छ ।

‘अब पुरानो ढर्राबाट काम गर्ने दिन गए,’ मुख्यमन्त्री पौडेलले भने, ‘लुलु मेरो योजना पारिदेउ भन्दै खल्तिबाट चिट दिएर अब हुँदैन । सबै काम योजना बैंकबाट हुन्छ । प्रदेश सरकारले बैक बनाइसकेको छ ।

नयाँ नेपाल निर्माणको अभिभारा नेपाली जनताको काँधमा नै रहेको भन्दै उनले समृद्ध नेपालको सपना पुरा गर्न पुरानो कार्यशैलीलाई बदल्नु जरुरी रहेको बताए । नेपालको विकासको योजना ६२ वर्ष अघिबाट सुरु भए पनि योजनाको उचित व्यवस्थापन हुन नसकेको हुँदा विकासमा फड्को मार्न नसकेको उनको भनाई थियो । सुशासन कायम गर्नका लागि आफैंबाट शुरु गर्नुपर्ने भन्दै उनले सपना साकार पार्नका लागि सबैले जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले योजनाबद्ध विकासले प्रदेशलाई समृद्ध बनाउन सहयोग गर्ने बताए । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, परामर्शदाता पिताम्बर शर्मा लगायतले आधारपत्रमा उल्लेख भए अनुसार योजना कार्यान्वयनमा जोड दिएका थिए । नीति आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले ५ बर्षे रणनीतिको आधारपत्रका आधारमा अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment