Comments Add Comment

अष्ट्रेलियाविरुद्ध ठूलो लक्ष्य प्रस्तुत गर्दै भारत

१३ पुस, काठमाडौं । तेस्रो टेष्ट क्रिकेट खेलमा घरेलु टोली अष्ट्रेलियाविरुद्ध भारत बलियो स्थितिमा पुगेको छ ।

मेलबर्न क्रिकेट मैदानमा तेस्रो दिनको समाप्तिसम्म भारतले दोस्रो इनिङमा पाँच विकेटको क्षतिमा ५४ रन बनाएपनि ठूलो स्कोरको अग्रता बनाएको छ । तेस्रो दिनको समाप्तिसम्म भारतले अष्ट्रेलियाविरुद्ध ३४६ रनको अग्रता बनाएको हो ।

तर भारतको दोस्रो इनिङ भने राम्रो हुन सकेन । खराब प्रदर्शन गरेको भारतले आफ्नो दोस्रो इनिङमा महत्वपूर्ण पाँच विकेट गुमाएको छ ।

पहिलो इनिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४४३ रन बनाएको भारतले दोस्रो इनिङमा भने कमजोर प्रदर्शन गरेको हो । पहिलो इनिङमा शतकसहित १०६ रन बनाएका चेतेश्वर पुजरा दोस्रो भने शून्य रनमै आउट भए । यता, पहिलो इनिङमा ८२ रन बनाएका कप्तान विराट कोहली पनि दोस्रो इनिङमा भने शून्य रनमै आउट भए ।

यता, अष्ट्रेलियाले भने आफ्नो पहिलो इनिङमा खराब प्रदर्शन गर्दै सबै विकेटको क्षतिमा १५१ रन मात्रै बनाउन सक्यो ।

पहिलो टेष्ट क्रिकेट खेलमा भारतले अष्ट्रेलियालाई ३१ रनले पराजित गरेको थियो । तर दोस्रो टेष्ट खेलमा भने भारतलाई अष्ट्रेलियाले १४६ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment