Comments Add Comment

प्रचण्डलाई रामचन्द्रको प्रश्नः जनताले गल्ती गरेका हुन् ?

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली महाधिवेशन गर्ने समय घर्किसकेको बताएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जेठमा अर्ली महाधिवेशन गर्ने विकल्प अघि सारिरहेका बेला पौडलले अस्वीकार गरेका हुन्

शुक्रबार पत्रकारहरुसँग भएको अन्तरक्रियापछि छोटो प्रतिक्रिया दिँदै पौडेलले भने, ‘अर्ली होइन, टाइम्ली अधिवेशन भन्छु ।’

पार्टीले समयमै महाधिवेशन गर्नेतिर पहल गर्ला भन्ने विश्वास आफूले लिएको उनले बताए ।

हालै सम्पन्न महासमिति बैठकले कांग्रेस सानोतिनो कुराले छिन्नभिन्न हुने पार्टी होइन भन्ने सन्देश दिएको भन्दै वरिष्ठ नेता पौडेलले यसमा आफूहरु खुसी रहेको बताए ।

प्रचण्डलाई प्रश्नः जनताले गल्ती गरेका हुन् ?

कांग्रेस वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक व्यवस्थामा छिटोछिटो विकास नहुने सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । लोकतन्त्र अहिले पनि अग्नि परीक्षामा रहेको भन्दै उनले भने, ‘सत्तारुढ पार्टीको अध्यक्षको भनाइलाई लोकतन्त्रमाथिको सबैभन्दा ठूलो खतरा भन्ने कि पूर्वाग्रह भन्ने ?’

‘जनताले गल्ती गरेको पो हो कि ?’ उनले अघि भने, ‘आफ्नो मूल्यांकन आफैं गर्नुपर्छ ।’

बाबुरामलाई दिएको सुझाव रविन्द्रलाई पनि

वरिष्ठ नेता पौडेलले डा. बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्दा दिएको सुझाव सम्भिmए । महत्वकाक्षीहरुको भिड जम्मा गरेर मात्र पार्टी नबन्ने, इमोशनल अट्याचमेन्ट चाहिने भन्दै उनले भने, ‘मैले रविन्द्रजीलाई पनि आज यही भनेको छु ।’

इमोशनल अट्याचमेन्ट भएपछि अन्याय नै हुँदा पनि पार्टीर् छाडेर जान नसकिने उनको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment