Comments Add Comment

देउवाले पत्रकारहरुलाई भने- मेराविरुद्ध लेख्दा कुनै आपत्ति छैन

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरु प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेख्न डराएको त होइन भन्ने टिप्पणी गरेका छन् ।

शुक्रबार पत्रकारहरुसँग भएको एउटा अन्तरक्रियामा देउवाले आफ्नाविरुद्ध लेखेका कारण कांग्रेसले कसैलाई दुःख नदिएको बताए । कांग्रेस र प्रेस पर्यायबाची जस्तै भएको भन्दै उनले भने, ‘मेरो खिलापमा लेख्दा कुनै आपत्ति छैन ।’

‘ओलीले दुःख दिन्छ भनेर पत्रकारहरुले सोचेर मात्र लेख्छन् रे । डराउने काम छैन कांग्रेस तपाईहरुको पछाडि छ ।’

कांग्रेस सभापति देउवाले निर्मला पन्तको हत्या प्रकरणमा कोही न कोही शक्ति रहेको बताए ।

यो मुद्दामा सारा संसद र देश एक हुनुपर्ने भन्दै उनले जनमत निर्माण गरिदिन पत्रकारहरुलाई आग्रह गरे । सभापति देउवाले भने, ‘म दश औंला जोडेर भन्छु, यो एकदमै डरलाग्दो छ । यसविरुद्ध जनमत बनाइदिनुस् । हामी पनि आवाज उठाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment