Comments Add Comment

अठोटः बालबालिकाको ज्ञान बढाउने क्याप्सुल

लामो समयदेखि पत्रकारिता गरेका श्रीष भण्डारीले बालबालिकाका लागि पठनयोग्य किताब लेखेका छन् । किताबको नाम हो, ‘अठोट’ । विभिन्न महान व्यक्तिहरुको प्रसंगलाई उल्लेख गरेर बालबालिकालाई ‘जीवनमा केही गर्ने प्रेरणा प्राप्त होस्’ भन्ने लेखकको मनसाय देखिन्छ ।

पुस्तकमा समेटिएका १८ वटा लेखमा कसरी खुसी हुने, कुन विषयलाई कति प्राथमिकता दिने र भोलिवाद त्यागेर कामहरु आजै गर्नेदेखि स्मरणशक्ति बढाउने तरिकाहरु दिइएको छ ।

लेखक स्वस्थ जीवनका लागि जंक फुड प्रयोग नगर्न सल्लाह दिन्छन् । साना तिना कामहरु गर्दा अरुको अरुको भर पर्नुको साटो आफंै गर्दा आत्मनिर्भर बन्न र व्यवस्थित जीवन जिउन सकिने लेखकको अवधारणा छ ।

विद्यार्थीलाई पढ्न मन नलाग्नुको कारणहरु बुुँदागतरुपमा राखेका लेखक स्मार्टफोन, ल्यापटप, टीभी आदिमा बढी समय सकिनाले बालबालिकाको स्मरणशक्ति र व्यवहारिक जिन्दगीमा पर्ने असरहरुप्रति चिन्तित छन्

आफनो ड्रेस ठीक ठाउँमा राख्ने, किताबहरु मिलाउने, सरसफाइमा ध्यान दिने मान्छेले जीवनभरि त्यस्तै गर्न सिक्छ । अतः यस्तो बानी सानैदेखि बस्नुपर्छ ।

रिस मानिसको शत्रु हो । यसलाई दबाउने कि जगाउने भन्ने कुरा आफूमै भर पर्छ । रीससँग सम्बन्धित लेख एकदमै उपयोगी छ । लेखकले रिस नियन्त्रण गर्ने तरिकाहरु पनि बताएका छन् । सिकाइ शैली र आत्मविश्वास जीवनलाई सफल बनाउने कडी हो । लेखकले यसबारे पनि राम्ररी खुलाएका छन् ।

परीक्षाको वास्तविकतालाई लेखकले कलात्मक ढंगले उतारेका छन् । परीक्षाको तयारी गर्ने तरिका बताएका छन् । पास हुने परीक्षाका बारेमा नभएर जीवनमा आइपर्ने परीक्षाहरुबारे उल्लेख गरेका छन् । उनी लेख्छन्– जीवन आफैंमा परीक्षाहरुको श्रृंखला हो ।

डराउने बानीबाट हुने वेफाइदा र त्यसबाट मुक्त हुने तरिकाबारे लेखकले प्रभावकारी विचार प्रस्तुत गरेका छन् । विद्यार्थीलाई पढ्न मन नलाग्नुको कारणहरु बुँदागत रुपमा राखेका लेखक स्मार्टफोन, ल्यापटप, टीभी आदिमा बढी समय सकिनाले बालबालिकाको स्मरणशक्ति र व्यवहारिक जिन्दगीमा पर्ने असरहरुप्रति चिन्तित छन् ।

भण्डारीले देवता र दानवको उदाहरणबाट बालबालिकालाई असल साथीले निर्वाह गर्ने भूमिकाबारे बुझाएका छन् ।

बालबालिकाका लागि यो पुस्तक पठनीय र निकै ज्ञानबर्द्धक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment