Comments Add Comment

बुढ्यौली जापानले तपाईंलार्ई खोजिरहेको छ

१४ पुस, काठमाडौं । दस वर्ष अगाडि म जापान आएको बेला ग्रामिण क्षेत्रमा बसेको थिएँ । त्यतिबेला गैरजापानीजहरु भेट्न मुस्किल हुन्थ्यो । राजधानी टोक्योमा पनि स्थानीयबासिन्दा अग्लो, गोरो अमेरिकी नागरिकलाई देख्दा अचम्म मान्दथे ।

म पछिल्ले महिना जापान जाँदा परिवर्तन देखेर अच्चम लाग्यो । होटल, शपिंग सेन्टर, क्याफे जताततै आप्रवासीहरुले काम गरिरहेको देखें ।

टोक्योको उत्तरमा कनजावा सिटीको एक बाररेष्टुरेन्टमा मैले युवा काकेशियाई सहायकलाई सुशी शेफको मद्दत गरेको देखें ।

दोस्रो रेष्टुरेन्टमा एक गैरजापानी एसियाली वेटरले हामीलाई खाना पस्किए र अंग्रेजीमा कुराकानी गरे ।

छोटकरीमा भन्ने हो भने जापानको अन्तर्राष्ट्रियकरण भइरहेको छ । यो प्रक्रिया अझै तीव्र हुनेवाला छ ।

काम गर्ने मान्छे चाहियो

यो पनि पढ्नुहोस नेपाली कामदारलाई जापानमा रोजगारीको बाटो खुल्यो

यो परिवर्तनको कारण हो जापानको डेमोग्राफी । यहाँको जनसंख्या तीव्ररुपमा बुढो भइरहेको छ र घटिरहेको पनि छ ।

जापानमा बढ्दो विदेशी पर्यटन र २०२० को टोक्यो ओलम्पिकको भव्य तयारी पनि यसको लागि जिम्मेदार छन् ।

जापानमा काम गर्ने मानिस आवश्यक छ जो दोस्रो देशबाट मात्र आउन सक्छन् ।

घट्दो र बुढो हुँदै गइरहेको जनसंख्याको बारेमा जापानलाई धेरै दशक अगाडिदेखि नै थाहा थियो । तर सरकारले यस दिशामा ठूलो कदम उठाउन सकेन जसको कारण अहिले जापानको यो हालत भएको छ ।

प्रधानमन्त्री सिन्जो आबे कम पारिश्रमिकमा धेरै विदेशी मजदुरलाई जापान ल्याउन चाहान्छन् । जापानले पारम्परिक रुपमा आप्रवासनलाई प्रोत्साहन दिँदैन । त्यसैले सन् २०२५ सम्म लाखौं ब्लू कलर नोकरीमा विदेशीहरुलाई भर्ती गर्ने आबेको प्रस्तावमा ज्यादै विवाद पनि छ ।

ज्यादा बूढा र ज्यादा विदेशी

डिसेम्बर महिनाको दोस्रो शनिबार जापानको संसदले आबेको अभूतपूर्व प्रस्तावलाई पारित गर्यो । यसमा आगामी पाँच वर्षमा तीन लाख विदेशी मजदुर जापान भित्राउने योजना छ  । यसमा अप्रिल २०१९ बाट काम सुरु हुनेछ ।

नेपाली मुलका भुपाल श्रेष्ठ विश्विद्यालयमा लेक्चर छन् । उनी टोक्योको सुगिनामी वार्डमा बस्दछन् । यो सम्पन्नशाली इलाका पुराना कपडा र प्राचीन वस्तुहरुका पसलका कारण चर्चित छ ।

भुपाल १५ वर्षदेखि जापानमा छन् । स्थायी भिसा नपाउन्जेलसम्म उनलाई जहिले पनि अप्ठारा परिस्थितिको सामना गर्न परिरह्यो । उनले साना साना तर अति आवश्यक कुराहरु जस्तै बस्नका लागि  डेरा खोज्ने, बैंक खाता खोल्ने, क्रेडिट कार्डका लागि निवेदन दिने कुरामा पनि भेदभाव सहनु पर्यो ।

उनी भन्छन्, ‘जापानको समाज आप्रवासीका लागि खुल्दै गएको छ तर धेरै क्षेत्रमा अझै पनि रुढिवादी सोच छ । आप्रवासीहरुसँग सांस्कृतिक सम्बन्ध बढाउने मौकाको कमीका कारण यस्तो भएको हो ।’

भुपाल श्रेष्ठ जापानमा काम गर्ने १२ लाख ८० हजार विदेशीहरुमध्येका एक हुन् । २००८ मा जापानमा केबल चार लाख ८० हजार विदेशी कामदार थिए ।

यो पनि पढ्नुहोस जापानमा नेपाली कामदारको आवश्यकता : हल्ला कि वास्तविकता ?

विदेशीहरुको संख्या यति तीव्रताका साथ बढे पनि जापानको जनसंख्यामा उनीहरुको कूल योगदान केबल एक प्रतिशत छ ।

ब्रिटेनमा पाँच प्रतिशत र अमेरिकामा १७ प्रतिशत विदेशी कामदार छन् । जापानमा काम गरिरहेका विदेशीहरुमा करिब ३० प्रतिशत चिनियाँ नागरिक छन् ।

सांस्कृतिक पहिचान

भियतनाम, फिलिपिन्स र ब्राजिलका पनि धेरै नागरिकहरु जापानमा छन् । जापानमा विदेशीहरुको संख्या कम हुनुको कारण के हो भने यहाँ आप्रवासन कहिल्यै पनि लोकप्रिय भएन ।

यो द्वीप राज्य पहिले बल्कुल अलग थियो । १९ औं शताब्दीको मध्यमा यहाँ प्रवेश गर्नेहरु र यहाँबाट भाग्न कोशिस गर्नेहरुलाई मृत्युदण्डसम्म सजायँ दिइन्थ्यो ।

नयाँ जापान आफूलाई समरुपी समाज ठान्दछ जसको बलियो सांस्कृतिक सम्बन्ध छ । ऐतिहासिक रुपमा विदेशीहरु यहाँ आएमा स्थानीयबासीको रोजगारी खोसिन्छ, सांस्कृतिक अवरोध पैदा हुन्छ र अपराध बढ्छ भन्ने ठानिन्थ्यो ।

अब समस्या यो छ कि जापानीजहरुको संख्या खटिरहेको छ । सन् २०१० देखि सन् २०१५ को बीचमा जापानको जनसंख्या करिब १० लाखले घटेको छ । गत वर्ष २ लाख ७० हजार जनसंख्या घट्यो ।

जापानका समस्या

जापानमा ६५ वर्षभन्दा उमेरका मानिसहरुको जनसंख्या २७ प्रतिशत पुगिसकेको छ । सन् २०५० सम्म यो जनसंख्या ४० प्रतिशतसम्म पुग्ने अनुमान छ ।

यो पनि पढ्नुहोस नेपालका आईटी इन्जिनियरलाई जापान लैजाने सम्झौता

मे २०१८ मा रोजगारको उपलब्धता अनुमान ४४ वर्षमा सबैभन्दा बढी भयो । यहाँ प्रति १०० कामदारमा १६० नोकरी छ । जापानमा यस्ता नोकरी थुप्रै छन् जसलाई बूढा जापानीहरुले गर्न सक्दैनन् र स्थानीय युवाले उनीहरुलाई काम गराउन पनि चाहँदैनन् ।

अमेरिकी थिंक ट्यांक् बुडरो विल्सन सेन्टरका वरिष्ठ एसोसियट शिहोको गोटो यस स्थितिलाई निकै ‘डरलाग्दो’ भन्दछन् ।

उनका भनाइअनुसार आप्रवासनलाई जापानको समस्या समाधानको उपायको रुपमा कहिल्यै पनि हेरिएन ।

केही ब्यापारी र नेताहरुले विदेशी कामदारहरु भित्राउने प्रधानमन्त्री सिन्जो आबेको योजनाको समर्थन गरिरहेका छन् । तर अन्य केही व्यक्तिहरुले यसबाट जापानको समाज समाधान होला र ? भनेर प्रश्न उठाइरहेका छन् ।

मजदुरहरुको आवश्यकता

टोक्योमा आप्रवासन मामिलाका वकिल मसाहितो नकाइ भन्छन्, जापानका केही व्यक्तिलाई मात्र विदेशीहरुसँग सँगै बसेको र सँगै काम गरेको अनुभव छ ।

तर पनि मानिसहरुले समस्याको समाधानको उपाय खोज्न थालेका छन् । उनीहरुले अब विदेशीहरुको सहयोग विना जापान चल्न सक्दैन भन्न थालेका छन् ।

जापानमा भवन निर्माण, कृषि र जहाज निर्माण जस्ता क्षेत्रमा तुरुन्तै मजदुरहरुको आवश्यकता छ । पर्यटन क्षेत्र बढेसँगै होटल र खुद्रा व्यापार हुने क्षेत्रमा अंग्रेजी र अन्य भाषा बोल्न जानेहरुको आवश्यकता पनि बढेको छ ।

बुढ्यौली जीवन बिताइरहेकाहरुलाई हेरचाह गर्नका लागि नर्सिंङ स्टाफहरुको आवश्यकता छ ।

मजदुर समस्याको समाधान

नेपाली मुलका भुपाल श्रेष्ठलाई जापानमा बस्न रमाइलो लाग्छ । उनी भन्छन्, ‘यहाँ श्रम गर्नेहरुलाई सम्मान गरिन्छ र नियमहरुको पालना हुन्छ ।’

जापानको आउनेहरुमा जापानी संस्कृति र यहाँको दैनिक जीवनको नियमबारे थोरै जानकारी भएमा राम्रो हुने उनी बताउँछन् ।

श्रेष्ठ भन्छन्– आगामी वर्ष सन् २०१९ मा जापानलाई विदेशी मजदुरहरुको बारेमा एक सर्वमान्य समाधान निकाल्न जरुरी छ । जबसम्म समाधान निस्किँदैन तबसम्म जापानमा मजदुर अभावको समस्या समाधान हुँदैन ।

(बीबीसीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment