Comments Add Comment

६५ वर्षे वृद्धाले जन्माइन् बच्चा, बाउको उमेर ८० वर्ष

कुनै पनि महिलाले कति वर्षको उमेर सम्म बच्चा जन्माउन सक्लिन् ? भारतमा एकजना महिलाले ६५ वर्षको उमेरमा बच्चा जन्माएकी छन् । अझ रोचक त के भने बच्चा जन्माएकी ती महिलाका लोग्नेको उमेर ८० वर्ष रहेको छ ।

भारत प्रशासित जम्मु काश्मिरमा बस्ने एकजना महिलाले ६५ वर्षको उमेरमा बच्चा जन्माएकी हुन् ।

ती महिलाको नाम खुलाइएको छैन । उनको पहिलो सन्तान १० वर्षको रहेको बताइएको छ । ८० वर्षमा बाउ बन्ने ती महिलाका लोग्नेको नाम हाकिम दिन हो ।

८० वर्षको उमेरमा बाउ बनेका हाकिमले वृद्धावस्थामा जन्मिएकी छोरी अल्लाहको अमूल्य उपहार भएको बताएका छन् ।

तर छोरी हुर्काउनका लागि आपूुहरुलाई आर्थिक सहायताको आवश्यकता रहेको पनि उनले बताएका छन् ।

योसँगै ती महिला प्राकृतिक गर्भाधानबाट विश्वमै सबैभन्दा पाको उमेरमा आमा बन्ने महिला बनेकी छिन् ।

आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

यसअघि भारतकै दलजिन्दर कौर नामकी महिलाले ७२ वर्षको उमेरमा सन् २००६ मा बच्चा जन्माएकी थिइन् । तर उनले प्राकृतिक गर्भाधानबाट नभै टेष्टट्युब प्रविधिबाट गर्भाधान गरेकी थिइन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment