Comments Add Comment

दूरसञ्चारमा विदेशी लगानी, लाभकर र कर

देश विकासका लागि एक अपरिहार्य पूर्वाधारका रुपमा सूचना तथा संचार क्षेत्रले मुलुकको सर्वाङ्गीण विकासका कार्यहरु गरी सर्वसाधारण नागरिकहरुको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ । देशले अवलम्बन गरेको खुला, उदार एवं प्रतिस्पर्धात्मक आर्थिक वातावरणसँग तादात्म्य राख्दै सञ्चार क्षेत्रको विकास भइरहेको छ । दूरसञ्चार सेवाको विस्तारको लागि निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन गरी वैदेशिक लगानीलाई आकषिर्त गरिएको छ ।

नेपालमा सूचना तथा सञ्चार क्षेत्रको विकासका लागि निजीक्षेत्रको खुला अनुमतिपत्र प्रणाली लागु गरिएको छ । सोहीअनुसार यस क्षेत्रमा प्रगति पनि हुँदै गएर अहिले यस क्षेत्रमा नेपाल दूरसञ्चार कम्पनी लि, एनसेल, एसटीएम, यूटीएल, नेपाल स्टेलाईट, एसमार्ट सेल गरी ६ वटा टेलिकम कम्पनीमार्फत जनताले सेवा पाउने अवसर पाएका छन् ।

एनसेल नेपालमा एक निजी स्वामित्व भएको मोबाइल नेटवर्क अपरेटर हो । एनसेल नेपालमा सार्वजनिक जीएसएम सेवाहरु सञ्चालन गर्ने पहिलो निजी कम्पनी हो । सुरुमा मेरो मोबाइल ब्रान्डबाट सन् २००४ मा स्थापना गरिएको यस कम्पनीलाई १२ मार्च २०१० मा स्वीडिस दूरसञ्चार कम्पनी टेलिया सोनाराले खरिद गर्‍यो ।

टेलिया सोनाराले मेरो मोबाइलको नाम परिवर्तन गरी एनसेल राख्यो । टेलिया सोनाराले एनसेलको प्राविधिक, व्यवसायिक तथा आर्थिक विकास गरी सक्षम कम्पनीको रुपमा पहिचान दिलायो । एनसेललाई टेलिया सोनाराले १२ अपि्रल २०१६ मा एक्सिएटा ग्रुप र्बरहार्ड, मलेशियन टेलिकम्युनिकेशन ग्रुपलाई बिक्री गर्‍यो । टेलिया सोनाराले यस कम्पनीको विव|mी मूल्य १.३६५ बिलियन डलर कायम गरी ८० प्रतिशत शेयर एक्सिएटालाई बिव|mी गर्‍यो । सोही मूल्यमा नै बांकी २० प्रतिशत शेयरका शेयरधनी श्री निर्वाज गोविन्द श्रेष्ठले श्रीमती भावना सिंह श्रेष्ठलाई बिक्री गर्‍यो ।

एक्सिएटा एक बहुराष्ट्रिय टेलिकम्युनिकेशन कम्पनी हो । यो कम्पनीको सुरुवात ई. स. १२, जुन १९९२ मा भएको थियो । यस कम्पनीले क्वालालम्पुर, मलेशियामा प्रमुख कार्यालय मार्फत नेपाल, मलेशिया, इन्डोनेशिया, श्रीलंका, बंगलादेश, क्याम्बोडिया, भारत, सिंगापुर र पाकिस्त्ाानमा टेलिकम्युनिकेशन लगायत अन्य संचारका सेवाहरु पुर्‍याएको छ ।

सन् २०१३ मा १८.४ बिलियन मलेशियन रिंगेट, सन् २०१४ मा १८.७ बिलियन मलेशियन रिंगेट, सन् २०१५ मा १९.९ बिलियन मलेशियन रिंगेट आम्दानी आर्जन गरेको यस कम्पनीमा २५ हजारको हाराहारीमा कर्मचारीहरु काम गर्दै आएका छन् । यस कम्पनीका विभिन्न देशमा रहेको शेयर संख्या निम्नअनुसार छ

टेलिया कम्पनी एक स्वीडिस प्रमुख टेलिफोन कम्पनी हो र यसले स्वीडेन, फिनलैंड, नर्वे, डेनमार्क, लिथुआनिया, लातविया, एस्टोनिया लगायत पूर्वी युरोप, मध्य एशिया र दक्षिण एशियाका देशहरुमा सेवा प्रदान गर्दै आएको छ । ई. स. १९१७ देखिको लामो ईतिहास बोकेको सोनारा फिनल्याण्डको कम्पनी हो ।

सोनाराले अन्तराष्ट्रिय कलमा आफ्नो पहिचान बनाउँदै सफल व्यवसायीको रुपमा उभिन सफल भएको कम्पनी हो । ई. सं. २००२ मा टेलिया र सोनारा एक आपसमा गाभिन गई टेलिया सोनारा कम्पनीको स्थापना भयो । मर्जर पश्चात टेलिया सोनारा नामले चिनिएको यस कम्पनीले डेनमार्क, एस्टोनिया, लिथुनिया, मोलडोभा, नर्वे, स्वीडेन, उज्किस्तान लगायत अन्य देशमा अहिले पनि टेलिकम्युनिकेशन सम्बन्धी सेवाहरु प्रदान गर्दै आएको छ ।

यस कम्पनीले सन् २०१७ मा ७९.९ विलियन स्वीडिस क्रोना, सन् २०१६ मा ८४.२ विलियन स्वीडिस क्रोना, सन् २०१५ मा ८७ विलियन स्वीडिस क्रोना आम्दानी आर्जन गरेको हो ।

ई. स. २०१६ जनवरीमा टेलिया सोनाराले एनसेलको लगभग ६०.४ प्रतिशत शेयर मलेशियन कम्पनी एक्सिएटाले बिक्री गर्ने अन्तिम चरणमा योजना बनायो । त्यसबेला लाभ कर सम्बन्धी आन्तरिक राजश्व विभागमा छलफल भएको थियो र टेलिया सोनाराले नर्वे – कम्पनी दर्ता गरेको देश) मा मात्र लाभ कर तिर्ने प्रस्ताव आन्तरिक राजश्व विभागमा दाबी गर्‍यो ।

आवासीय सिद्घान्तको अनुसार एक सार्वभौम देशले कम्पनीलाई मुनाफा आर्जन गरेको देशमा नै लाभ कर तिर्ने निर्देशन दिन सक्छन् र पर्छ पनि । टेलिया सोनाराले लाभ कर कुन देशमा तिर्ने प्रश्नको जवाफ खोज्ने काम विज्ञहरुबीच सुरु भयो ।

१२ अप्रिल २०१६ मा एक्सिएटा र टेलिया सोनाराबीच एनसेलको मूल्य १.३६५ बिलियन डलर कायम गरी ८० प्रतिशत शेयर खरीद विक्री भयो । सोही मूल्यमा बाँकी २० प्रतिशत शेयर नेपाली लगानीकर्ताबीच खरीद विव|mी भयो । शेयर बिक्री पश्चात लाभ कर तिर्ने विषयमा एक्सिएटाले टेलिया सोनाराले तिर्ने तर टेलिया सोनाराले नर्वेमा तिर्ने कुरा नेपाल सरकारलाई जानकारी गरायो र तिर्नुपर्ने लाभ कर नेपाल सरकारलाई तिरेन र आलटाल गरी रहयो ।

तर, आन्तरिक राजस्व विभागले यसको लाभ कर वापत रु ६१ अर्ब – लगभग रु ३६ अर्ब लाभ कर वापत र लगभग रु १८ अर्ब लाभ कर समयमा नबुझाएको वापत जरिवाना) नेपालमा नै तिर्नुपर्ने पत्राचार टेलिया सोनारालाई जून २०१७ मा गर्‍यो । तर, टेलिया सोनाराले आन्तरिक राजश्वको पत्रलाई मतलव राखेन ।

टेलिया सोनाराले सेयर विक्री वितरण गरेवापत आर्जन गरेको रकम लैजानका लागि आवश्यक पहलहरु सुरु गर्‍यो तर नेपालमा भएको विभिन्न विरोध र ध्यानाकर्षणपछि उक्त रकम नेपाल राष्ट्र बैकमा रोक्का भयो तर केही समय पश्चात नेपाल राष्ट्र बैकले रकम लैजान अनुमति दियो । एनसेलबाट लाभ कर नआएसम्म एनसेललाई चौथौ पुस्ता (4G) को लाईसेन्स नदिनलाई नेपाल दूरसंचार प्राधिकरण र सूचना तथा प्रविधि मन्त्रालयलाई सार्वजनिक लेखा समितिले निर्देशन गर्‍यो । तर, उक्त निर्देशनको वेवास्ता गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई चौथो पुस्ता (4G) को लाईसेन्सको अनुमति प्रदान गरेर कानूनी व्यवस्थाको धज्जी उडाइयो ।

अहिले उक्त विवादस्पद लाभकरसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पनि चलिरहेको छ । त्यहाँ पनि उक्त मुद्दा दोस्रोपटक रहस्यपूर्णरुपमा स्थगित भएको छ । सर्वोच्च अदालतको आदेशपछि २४ अर्ब रुपैयाँ विदेश गइसकेको छ । उक्त रकम उद्योग विभागको स्वीकृति बेगर नेपाल बाहिर गएको हो ।

नेपालका सरकारी संयन्त्रहरुबीच समन्यवको कमी र गैरजिम्मेवारीले एनसेलले फाइदा उठाएको छ । उक्त घटनाले एनसेलको पनि छवि नेपाली जनताबीच बिगि्ररहेको छ । आन्तरिक राजस्व विभागले निर्धारण गरेको लाभकर तिर्नुपर्ने दायित्य नेपालमा रहेको हरेक कम्पनीको रहेकोले सोहीअनुसार एनसेलले पनि गर्नुपर्ने हुन्छ । अन्यथा, उक्त कम्पनीलाई कानूनी दायरामा ल्याई लाभकर उठाउने सरकारको दायित्व हो ।

टेलिया सोनाराले आफनो अन्तरराष्ट्रिय छविलाई कायम राख्नका लागि लाभ कर तिर्नैपर्छ । विदेशी लगानी देशमा आउनु राम्रो कुरा हो । तर उक्त लगानीबाट आर्जन गरेको मुनाफाबाट लाभ कर र शेयर विक्री वितरण पश्चात आएको मुनाफाबाट पनि लाभ कर तिर्नै पर्दछ ।

नेपालमा रहेका दुई मुख्य दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेलको निम्नबमोजिमको तथयाङ्गलाई विचार गरौं ।


नेपालको मुख्य कम्युनिकेशन सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लि र एनसेलबीचको माथि उल्लेखित वित्तीय विवरण विचार गर्दा एनसेलले वाषिर्क आम्दानीवापत नेपाल सरकारलाई बुझाएको वाषिर्क कर पनि मुनाफाको अनुपातमा कम नै बुझाएको देखिन्छ ।

एनसेलको बिक्रेता टेलिया सोनारा र एनसेलको क्रेता एक्सिएटाको कम्पनीको प्रोफाइल र आर्थिक अवस्थालाई विचार गर्दा नेपाल सरकारलाई तिर्नुपर्ने लाभ कर तिर्न सक्ने हैसियतमा रहेको देखिन्छ । नेपाल सरकारको कमजोरी र एनसेलको गैररजिम्मेवारले नेपालको कर प्रणाली र नेपाल सरकार नै शंकाको घेरामा छ ।

आम नागरिकले शेयर खरीद विक्री गर्दा लाभ कर नतिरेसम्म शेयर हस्तारण नहुने प्रावधान छ । सरकारको करसम्बन्धी नीति व्यक्ति र कम्पनी विशेष गरी प्रत्येक महिनामा परिवर्तन भइरहेको छ । जसको परिणाम नेपाली शेयर बजार मार्फत आम नागरिकले भोगिरहेका छन् । कर, नतिर्ने कम्पनी मार्फत सरकारको विज्ञापन गर्ने पनि समय समयमा भइहेको छ । अब नेपाली जनताले आफैं सोच्ने विषय बनेको छ कि नेपालमा आम्दानी गर्ने तर कर नतिर्ने कम्पनीको सेवालाई के गर्ने ?

(पूर्वसभासद पराजुली एवं नेपाली कांग्रेसका नेता हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment