Comments Add Comment

गोल्डन हिलबाट कागवेनी चिहाउँदा

गोल्डेन हिल अर्थात सुनौलो टाकुरा । कागवेनीबाट दुई घन्टाको दुरीमा रहेको यो टाकुराबारे कमै मानिसहरुलाई थाहा छ । कागबेनी जति प्रख्यात छ, उति नै ओझेलमा छ गोल्डेन हिल । कागवेनीमा जस्तो पर्यटकको ओइरो लाग्दैन ।

यो ठाउँबाट नेपाल र चीनको सिमाना पर्ने कोरला नाका नियाल्न सकिन्छ भने निलगिरी हिमाल त आँखै अगाडि देखिन्छ । कागवेनी, छुसाड र मुक्तिनाथसमेत यो हिलबाट अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण पदमार्गभित्र पर्ने कागवेनी हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल पनि हो । धार्मिक हिसाबले मात्र नभएर प्राकृतिक सुन्दरताको हिसाबले पनि यो निकै प्रख्यात छ । कागवेनीमा ७०० बर्ष पुरानो काग छोदें थुप्तेन साम्फेल लिड गुम्बा छ । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ यो गुम्बा ।

यस गुम्बाले काग छोदें मोनास्टी स्कुल सञ्चालन गरेको छ, जहाँ धार्मिकसँगै आधुनिक शिक्षासमेत प्रदान गरिन्छ छ । यो विद्यालय करिब १० बर्षअगाडि सञ्चालनमा आएको हो । केही बर्ष अघिसम्म यो गुम्बामा मुस्ताङका हरेक घरका माइलो छोरा लामाका लागि पठाउने प्रचलन थियो । तर, पछिल्लो समय यो प्रचलन हट्दै गएको छ । त्यसैले मुस्ताङका गुम्बाहरुमा लामाहरुको संख्या कम भइरहेको बताउँछन् गुरु खेन्पो तेन्जिन साड्पो ।

हिमालको टुप्पोमा पुगेको अनुभूति हुन्छ

फेन्चोक छेप्तेन गुरुङ धारा
अध्यक्ष, वारागुङ मुक्तिक्षेत्र गाँउपालिका कागवेनी

कागवेनीदेखि दुई घण्टामा पुग्न सकिने स्थान हो गोल्डेन हिल । तर, यसको पर्याप्त प्रचारप्रसार हुन सकेको छैन । पुर्वाधारको पनि अभाव छ । सानो एउटा घर छ । त्यो पनि हावाहुरी आएको बेला ओत लाग्नलाई भएको स्थानीयले बनाएका हुन् ।

हामीले केही पूर्वाधार निर्माणको प्रयास गरेका छौं तर सोचे जति गर्न सकेका छैनौं । यदि सरकारी स्तरबाट तहबाट यसको पहल भए यसलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने थियो ।

यो स्थान भ्यू प्वाइन्ट हो । यहाँ पुग्दा हिमालको टुप्पोमै पुगे जस्तो अनुभूति हुन्छ । म पनि फुर्सद हुनासाथ यो हिलमा पुग्छु । त्यहाँ पुग्दा मन आन्नदित हुन्छ । हामीले दुई लाखमा गोरटो बाटो मर्मत गर्‍यौं तर, अरु विकास हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment