Comments Add Comment

मेयर जेलबाट छुटेको खुसियालीमा सार्वजनिक विदाको घोषणा !

१४ पुस, काठमाडौं । कहिँ नभएको जात्रा, हाँडीगाउँँ भन्ने नेपाली आहान रौतहटको कहटरियामा चरितार्थ भएको छ ।

कटहरिया नगरपालिकाले भोलि नगरको सबै वडा कार्यालय र विद्यालयमा विदा दिएको छ । कारण छ-हत्या अभियोगमा पक्राउ परेका मेयर शियाराम कुशवाहा सफाई । जेलबाट छुटेपछि हेलिकोप्टर चढेर रौतहट पुगेका कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

नगरपालिकाद्धारा शनिबार सूचनामा भनिएको छ, ‘नगरबासीका सच्चा अभिभावक नगर प्रमुख श्री सियाराम प्रशासद कुशवाहा ज्यू सम्मानित अदालतनको मिति २०७५/०९/१३ गतको फैसलाबाट सफाई पाई निर्दोष सावित हुनु भएको खुसीयालीमा भोलि ….. विदा रहने व्यहोरा यस कार्यालयका प्रमुख स्तरीय निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विश्व हिन्दु महासंघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले २५ फागुन २०७४ कुशवाहालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतको आदेश कार्यान्वयन नभइरहेको बेला कुशवाहा कटहरियाको मेयर निर्वाचित भए ।

तर, अदालतको फैसला कार्यान्वयनका क्रममा उनी २६ वैशाखमा काठमाडौंबाट पक्राउ गरे । त्यसविरुद्ध सर्वोच्च गएका उनले शुक्रबार सफाइ पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment