Comments Add Comment

रोनाल्डोको गोलमा युभेन्टसको जित

१५ पुस, काठमाडौं । युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा जित निकाल्दा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्न सफल भएका छन् ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा युभेन्टसले साम्पडोरियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा रोनाल्डोले दुई गोल गरे । साम्पडोरियाका फाबियो क्वाग्लियरेल्लाले एक गोल फर्काएका थिए ।

खेलको दोस्रो मिनेटमा नै रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा फाबियोले गोल गर्दै साम्पडोरियालाई १–१ गोलको बराबरी दिलाएका थिए । पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै २–१ गोलको अग्रता बनाएको हो ।

खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई २–१ गोलको जित दिलाए ।

जितपछि युभेन्टसले १९ खेलबाट ५३ अंक बनाएको छ । पराजित साम्पडोरियाको १९ खेलबाट २९ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment