Comments Add Comment

आर्सनलमाथि लिभरपुलको शानदार जित, फिर्मिन्होले गरे ह्याट्रिक

१५ पुस, काठमाडौं । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पराजित गरेको छ ।

शनिबार राति लिभरपुलकै घरेलु मैदानमा भएको खेलमा आर्सनललाई ५–१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले ह्याट्रिक गोल गरे । त्यस्तै, लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले पनि गोल गर्न सफल भए । यता, आर्सनलका लागि मैथल्यान्ड निल्सले गोल फर्काएका थिए ।

खेलको ११ औं मिनेटमा नै निल्सले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर आर्सनलले सुरुवाती गोल गरेपनि खेल सकिदासम्म लिभरपुलले पाँच गोल गर्न सफल भयो ।

खेलको १४ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरी दिलाएका थिए । खेलको १६औं मिनेटमा फिर्मिन्होले अर्को गोल गर्दै लिभरपुललाई २–१ गोलको अग्रता दिलाएका थिए ।

एकपछि अर्को गोल गर्ने क्रममा मानेले खेलको ३२ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाएका थिए । लिभरपुलका सलाहले खेलको ४५ औं मिनेटमा गोल गरेपछि खेल ४–१ को स्थितिमा पुगेको थियो ।

पहिलो हाफमा नै चार गोल गरेको लिभरपुलले दोस्रो हाफमा भने थप एक गोल मात्रै गर्न सक्यो । लिभरपुलका लागि खेलको ६५ औं मिनेटमा फिर्मिन्होले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । उनकै ह्याट्रिक गोलमा लिभरपुलले आर्सनललाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

जितपछि लिभरपुलले २० खेलबाट ५४ अंक बनाएको छ । पराजित आर्सनलको भने २० खेलबाट ३८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको १९ खेलबाट ४५ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment