Comments Add Comment

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक विकास सम्मेलन गर्दै

१५ पुस, दाङ । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासका सम्भावना खोज्नका लागि वृहत आर्थिक विकास सम्मेलन आयोजना गर्दैछ । विभिन्न क्षेत्रका विज्ञहरुको संलग्नतामा आइतबार सम्मेलन गर्न लागिएको हो ।

यहाँका विभिन्न क्षेत्रमा रहेका आर्थिक सम्भावना खोजेर तुलसीपुरको आर्थिक अवस्थालाई बलियो बनाउनका लागि सम्मेलन आयोजना गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । ‘यहाँ रहेका पार्क, पर्यटकीय क्षेत्र, होटल, कृषि उत्पादन, सहकारी, बैंक र वित्तीय संस्था लगायतका क्षेत्रमा रहेको सम्भावनालाई खोतल्नका लागि हामीले सम्मेलन आयोजना गर्न लागेका हौं,’ नगरप्रमुख पाण्डेले भने ।

नेपालभरका स्थानीय तहमा पहिलो पटक आयोजना गर्न लागिएको सम्मेलनको मुख्य वक्ताका रुपमा मुख्यमन्त्री शंकर पोख्रेल रहने छन् ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारी, प्रदेश नम्वर ५ योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, विज्ञ बाबुराम रानाभाट लगायतले आर्थिक विकासका सम्भावनाबारे विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment