Comments Add Comment

आउँदैछ ६ वटा क्यामरा भएको नोकियाको विश्वकै पहिलो स्मार्टफोन

पछाडिको भागमा ५ वटा क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन आउँदो जनवरीमा लञ्च हुने भएको छ ।

नोकिया ब्राण्डको स्वामित्व लिएको कम्पनी एचएमडी ग्लोबलले नोकिया नाइन प्योर भ्यू नामक स्मार्टफोन ल्याउने योजना बनाएको बताइएको छ ।

जनवरी महिनाको अन्तिम हप्ता नोकियाको यो फ्लागसीप स्मार्टफोन सार्वजनिक हुने अनुमान गरिएको छ ।

निकट भविष्यमा लञ्च हुने उक्त स्मार्टफोनको डिजाइन तथा स्पेसिफिकेसन्सका बारेमा विभिन्न खुलासाहरु भैसकेका छन् ।

नोकिया नाइन प्योर भ्यूको मुख्य विशेषता भनेको यसमा ५ वटा रियर क्यामरा हुनेछन् ।

फोनको ब्याकसाइडमा रहने ती ५ क्यामरामध्ये दुईवटा १२–१२ मेगापिक्सेलका हुनेछन् । त्यस्तै अरु दुईवटा १६–१६ मेगापिक्सेलका हुनेछन् भने पाँचौँ क्यामरा ८ मेगापिक्सेलको हुनेछ । क्यामरा सेटअपमा एलइडी फ्लास तथा आइआर सेन्सर वा लेजर अटोफोकस हुनसक्ने बताइएको छ ।

त्यस्तै यो स्मार्टफोनमा सेल्फी क्यामेरा १२ मेगापिक्सेलको हुनेछ ।

स्मार्टफोनको डिस्प्ले ६ इन्चको हुनेछ भने ८ जिबीको र्याम र २५६ जिबी स्टोरेज रहनेछ ।

नोकियाको यो स्मार्टफोनमा क्वालकोम स्नापड्रागन ८४५ प्रोसेसर हुने बताइएको छ । तथापि प्रयोगकर्तालाई सरप्राइज दिनेगरी नोकियाले एचएमडी ग्लोबलको नेक्स्ट जेनेरेसन स्नापड्रागन ८५५ एसओसी प्रोसेसरको प्रयोग पनि हुनसक्ने बताइएको छ ।

समाचार अनुसार, यो स्मार्टफोनको मूल्य चीनमा ४ हजार ७९९ युआन हुनेछ । जसको नेपाली मूल्य झण्डै ८० हजार हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment