Comments Add Comment

बाँदरमाथि यौन दुर्व्यवहार गर्नेलाई ३ वर्षको जेल

महिलामाथि यौन दुर्व्यवहार , बलात्कार भएका घटना त हामीकहाँ निकै धेरै आउँछन् । तर अफ्रिकी मुलुक इजिप्टमा एकजना युवतीले बाँदरमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । र, यौन दुर्व्यवहारको अभियोगमा ती २५ वर्षीया युवतीले ३ वर्षको जेल सजाय पाएकी छिन् ।

इजिप्टको मनसोरा सहरस्थित अदालतले बासमा अहमद नामकी युवतीलाई बाँदरमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सजाय सुनाएको हो ।

ती युवतीले बाँदरसँग सार्वजनिक स्थलमा आपत्तिजनक कार्य गरेको ठहर अदालतले गरेको छ ।

ती युवतीले बाँदरमाथि गरेको आपत्तिजनक क्रियाकलापको ९० सेकेण्डको भिडियो इन्टरनेटमा भाइरल बनेसँगै गत अक्टोबरमा उनलाई पक्राउ गरिएको थियो ।

उक्त भिडियोमा ती युवतीले बाँदरको यौनांग चलाउँदै हाँस्दै गरेको देखिएको थियो ।

अदालतले ती महिलाले आफ्नो कसूर स्विकार गरेको भएपनि आफ्नो नियत बाँदरलाई यौन दुर्व्यवहार गर्ने नभएको भनी बताएको जनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment