Comments Add Comment

रिभेन्ज अफेयर गर्नेमा युवती अगाडिः सोध

प्रेममा धोका पाइसकेपछि वा ब्रेकअप भइसकेपछि युवा वा युवतीले दोस्रो साथीसँग सम्बन्ध बढाउँछन् होला ?

अर्थात जब कुनै वैंशालु जोडीको प्रेम टुट्छ । दुबै अलग हुन्छन् । एक्लो हुन्छन् ।  यस्तो अवस्थामा पूर्व प्रेमीसँग प्रतिसोध साँध्न कसले चाडै अर्को साथी खोज्छन् होला ?

सर्वेले भन्छ, युवतीले ।

खासगरी यस्तो सम्बन्ध युवतीहरुले किन पनि बनाउँछन् भने, पूर्व प्रेमीसँग उनीहरु प्रतिसोध साँध्न चाहन्छन् । पूर्व प्रेमीलाई ‘देखाउनका लागि’ उनीहरु अर्को साथीसँग सम्बन्ध बढाउँछन् । यो भनेको देखासेखी सम्बन्ध हो ।

हालै एक वेबसाइटले गरेको सर्वेक्षणबाट यस किसिमको नतिजा हासिल भएको हो । प्रेममा धोका पाएपछि एक्लोपनको बाबजुत वैंशालु जोडीहरु रिभेन्ज अफेयरमा रहन्छन् । यस किसिमको रिलेसनसिपमा युवालाई युवतीले उछिनेका छन् ।

यसरी ब्रेकअप लगत्तै अर्को साथी खोज्नुमा दुई कारण भेटिएको छ । एक त पूर्व प्रेमीसँग बदलाको लागि । दोस्रो चाहि एक्लोपनबाट उन्मुक्तिका लागि ।

अझ रमाइलो त के भने जब कसैले प्रेममा धोका पाउँछन्, तब उनीहरु पुरानै प्रेमसाथीसँग सम्बन्ध नविकरण गर्न पुग्छन् । यसरी पूर्व प्रेमसाथीसँग पुन सम्बन्ध स्थापित गर्नमा उनीहरु सन्तुष्ट महसुष गर्ने पाइएको छ । सर्वे भन्छ, ८१ प्रतिसत व्यक्ति पुरानो पार्टनरसँग सम्बन्ध बनाउनमा सन्तुष्ट महसुष गर्छन् ।

नतिजाले के पनि भनछ भने, युवतीहरु पुरुषको तुलनामा बढी रिभेन्ज चिटिङ गर्छन् । सर्वेमा ३७ प्रतिशत युवतीले स्विकार गरेका थिए कि, उनीहरु अफेयरमा पूर्व प्रेमीसँग पनि सम्बन्ध कायम राख्न चाहन्छन् । जबक यस किसिमको पुरुष ३४ प्रतिशत मात्र हुन्छन् ।

विवाह भइसकेपछिको अवस्था फरक छ । प्रेमजोडी जस्तै उनीहरु चाहेको बखत तुरुन्तै छुट्न सक्दैनन् । वा सम्बन्ध विच्छेद गर्ने मनस्थितीमा पुग्दैन । पार्टनरको चालमाल ठिक नलागेपछि पनि केवल २५ प्रतिशत विवाहित जोडीले मात्र ब्रेकअप अर्थात अलग हुने निर्णय गर्छन् । खासगरी कानुनी झन्झट र असुल गर्नुपर्ने जरिवानाको कारण उनीहरु तुरुन्तै सम्बन्ध विच्छेद गर्न चाहँदैनन् ।

यो सर्वेक्षण एक बेलायती वेबसाइटले गरेको थियो, जसमा एक हजार व्यक्ति सामेल थिए ।

पछिल्लो बर्ष युवतीहरु रिभेन्ज चिटिङ गर्नेमा अगाडि देखियो । रिलेसनसीप विज्ञका आनुसार युवतीहरु खराब सम्बन्धमा फसेका हुन्छन् । उनीहरु आफ्ना पूर्व प्रेमीसँगको खराब सम्बन्धबाट उम्कनका लागि पनि दोस्रो पार्टनरसँग सम्बन्ध बढाउँछन् ।

यो सर्वेबाट के कुरा बाहिर आएको छ भने, अक्सर ब्रेकअप भइसकेपछि प्रेमजोडी आफ्ना पार्टनरलाई यो कुराको महसुष गराउन चाहन्छन् कि धोका पाएको अवस्था कस्तो हुन्छ । अतः  पार्टनरलाई चिड्याउनका लागि उनीहरु अर्कोसँग सम्बन्ध बढाउँछन् । कतिपय अवस्थामा चाहि ‘जस्तालाई तस्तै’को सोंचले उनीहरु अर्कोसँग सम्बन्ध बढाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment