Comments Add Comment

अनमोलको ‘ब्याचलर बन्टी’ नबन्ने ?

नायक अनमोल केसीले लगालग ३ वटा चलचित्रमा संझौता गरिरहँदा एउटा चलचित्र थियो, ‘ब्याचलर बन्टी’ । मिलन चाम्सको निर्देशनमा सुदिप खड्काको लगानी रहने चलचित्रमा अनमोलले काम गर्ने संझौता गरेका थिए । उनले चलचित्र ‘ए मेरो हजुर ३’मा संझौता गरेको भोलिपल्टै यो चलचित्रमा संझौता गरेका थिए ।

अनमोलले यो चलचित्रमा काम गर्नका लागि ४० लाख हारहारीको पारिश्रमिक लिएको समेत चर्चा चलेको थियो । यो चलचित्र ‘ए मेरो हजुर ३’ अगाडि नै छायांकन गरेर फागूणमा रिलिज गर्ने योजना निर्देशक मिलन चाम्सको थियो । यहि चलचित्रका लागि उनले ‘विर विक्रम २’को छायांकन पनि पछि सारेका थिए ।

तर, अनमोलको समय नमिल्ने देखेपछि मिलनले चलचित्र ‘विर विक्रम २’को छायांकन गरे । अब, उनी नयाँ चलचित्र ‘बोबी २’ बनाउने तयारीमा लागेका छन् । वुझिएअनुसार, अब यो चलचित्र बन्ने संभावना छैन । नायक अनमोल केसी पनि यो चलचित्रका लागि खासै गम्भिर देखिएका छैनन् । चलचित्रका लागि नायिका उकुसा गिरीलाई फाइनल गरिएको थियो ।

उकुसाको बिषयलाई लिएर पनि अनमोल असन्तुष्ट रहेको वुझिएको छ । चलचित्र ‘बोबी २’को कार्यक्रममा मिलनले भने–‘चलचित्रको छायांकन भनिएको समयमा सुरु नभएपछि पक्कै पछि सरेको हो । अब, मेरो र अनमोलको समय नमिलेसम्म संभवत यो प्रोजेक्टको काम अगाडि नबढ्न सक्छ ।’ मिलनले चलचित्र नबन्ने तर्फ घुमाउरो पारामा संकेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment