Comments Add Comment

युएईमा किरात समुदायले मनाए ‘साकेला उधौली’ पर्व

युएई/ किरात समुदायले ‘साकेला उधौली’ पर्व युएईमा धुमधमाका साथ मनाएका छन् ।

किरात राई यायोख्या युएई शाखा र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजनामा शुक्रबार अबुधाबीको मुसाफा पार्कमा किरात संस्कृतिसहित साकेला उधौली पर्व मनाइएको यायोख्या युएई अध्यक्ष चन्द कला साम्पाङ्गले जानकारी दिइन् ।

किरात समुदायले प्रत्येक वर्ष मंसिर पूणिर्मालाई उधौली र वैशाखे पूर्णिमालाई उभौली पर्वका रुपमा मनाउने गर्दछन् ।

साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका किरात साथै अन्य समुदायका नेपालीहरु भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नृत्य प्रस्तुत गरेका थिए। साथमा किरात संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा, चमर लगायत बजाइएको थियो।

किरातीहरुले आफ्नो घरको मुल चुलामा पुजा गरी साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्दछन्।

आफ्नो संस्कृतिको संरक्षणका लागि समाजले नेपालबाटै साङ्गीतिक बाजाहरू यहाँ जुटाएको यायोख्या युएई पुर्वअध्यक्ष महेन्द्र राइले बताए।

किरात समुदायले स्थानिय प्रशासनको अनुमतिमा युएईमा दोस्रो पटक कार्यक्रम गरेको हो । शुक्रबार भएको कार्यक्रममा पाँचसयको हाराहारीमा किरात तथा अन्य समुदायका नेपालीले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment