+
+

खुल्यो युनिभर्सल पावरको आईपीओ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १५ गते ९:२०

१६ पुस, काठमाडौं । युनिभर्सल पावर कम्पनीले साधारण सेयरका लागि आज (आइतबार) बाट आवेदन खुला गरेको छ ।

११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि साधारण सेयर (आईपीओ) को आवेदन खुला गरेको हो ।

दोलखा जिल्लाको गौरीशंकर, कालिन्चोक र बिगु गाउँपालिकाकका स्थानीयका लागि २१ लाख ३५० कित्ताको आईपीओ बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओका लागि न्युनतम ५० देखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । पुस १५ देखि २९ गतेसम्म आईपीओका लागि आवेदन खुला गरिने कम्पनीको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?