Comments Add Comment

शिक्षक महासंघ पर्सामा कांग्रेस निकट शिक्षक हावी

१५ पुस, वीरगञ्ज । नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति पर्साको निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ विजयी भएको छ । शनिबार राति अबेर सार्वजनिक गरिएको अन्तिम नतिजाका अनुसार नेपाल शिक्षक संघले सबैभन्दा बढी ८ सय ४० मत ल्याएको छ ।

नेकपा निकट राष्ट्रिय शिक्षक संगठनले ७०३ र संघीय समाजवादी फोरम निकट संघीय शिक्षक फोरमले ५४० मत ल्याएर तेस्रो स्थानमा छ ।

महानगरपालिकामा २६४ मतसहित नेपाल शिक्षक संघ पहिलो र संघीय शिक्षक फोरम २२४ मतसहित दोस्रो स्थानमा आएको छ ।

ताजा मत परिणाम अनुसार अब महासंघको जिल्ला अध्यक्षसहित १० वटा स्थानीय तहमा शिक्षक संघले नेतृत्व गर्ने वीरगञ्ज महानगरपालिकामा नेपाल शिक्षक संघबाट अध्यक्षका उम्मेदवार बनेका विनोद मेहताले जानकारी दिए ।

नेपाल शिक्षक महासंघको विधानअनुसार पहिलो हुने संगठनले अध्यक्षलगायतका पद पाउने प्रावधान छ ।

पर्साको १४ स्थानीय तहमा १० वटामा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ, ३ वटामा नेकपा निकट राष्ट्रिय शिक्षक संगठन र एक वटामा संघीय समाजवादी फोरम निकट संघीय शिक्षक फोरम विजयी भएको निर्वाचन अधिकृत अधिवक्ता सन्तोष श्रीवास्तवले जानकारी दिए ।

नेपाल शिक्षक संघ वीरगञ्ज महानगरपालिका, पोखरिया, पर्सागढीसहित धोविनी, जगरनाथपुर, पटेर्वासुगौली, जिराभवानी, ठोरी, पकहामैनपुर, छिपहरमाई गाउँपालिकामा विजयी भएको छ ।

त्यसैगरी बहुदरामाई नगरपालिका, सखुवाप्रसौनी र विन्दवासिनी गाउँपालिकामा राष्ट्रिय शिक्षक संगठन विजयी भएको छ भने कालिकामाई गाउँपालिकामा शिक्षक फोरम विजयी भएको हो ।

वीरगञ्ज ११ श्रीपुरमा रहेको विद्यापिठ माविमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म निर्वाचन भएको थियो ।

जिल्लामा कुल दुई हजार ५५४ जना मतदाता शिक्षक रहेकोमा दुईहजार २७५ जना शिक्षकले मतदान गरेका थिए ।

निर्वाचनमा नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, लोकतान्त्रिक शिक्षक युनियन, मधेशी शिक्षक फोरम नेपाल लोकतान्त्रिक, लोकतान्त्रिक शिक्षक युनियन, नेपाल लोकतान्त्रिक शिक्षक फेडरेसन, संघीय शिक्षक फोरम नेपाल, नेपाल राष्ट्रिय शिक्षक परिषद, नेपाल शिक्षक मञ्च, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन गरी ९ वटा शिक्षक संगठन चुनावी मैदानमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment