Comments Add Comment

गायक पौडेलको पहलमा मकवानपुरका विद्यार्थीलाई सिरक

युएई/ युएईमा कार्यरत गायक प्रकाश पौडेलको पहलमा मकवानपुरको एक विद्यालयका विद्यार्थीलाई सिरक वितरण गरिएको छ ।

सूर्योदय मावि राक्सिराङ्ग ३ सरिखेतको छात्राबासमा रहेका ५२ जना छात्रछात्रालाई २६ थान सिरक बिहीबार वितरण गरिएको हो ।

बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रतिनिधिको उपस्थितिमा भान्सा घर रेस्टुरेन्ट अबुधाबीका प्रतिनिधि क्रमाश श्रेष्ठले सिरक हस्तान्तरण गरेका हुन् ।

गायक पौडेलले उक्त विद्यालयको छात्राबासमा सिरक आवश्यकता परेको सूचना सामाजिक संजालमा राख्दै सहयोगका लागि सार्वजनिक अपील गरेका थिए । सोही आधारमा अबुधाबीमा रहेको भान्सा घर रेस्टुेन्टले वाषिर्कोत्सवका अवसरमा सिरक सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।

विद्यालयमा सिरक वितरणका लागि माया तामाङले माइती नेपाल हेटौँडा र राक्सिराङ्ग गाँउपालिकाको समन्वयमा विद्यालयलाई जानकारी गराएकी थिइन् ।

खरिद गरिएको सिरक काठमाण्डौँबाट हेटौडासम्म पुर्याउन जुजु काजी र सेलोप्स श्रेष्ठले सहयोग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment