Comments Add Comment

पोखराको लेकसाइडमा खुल्यो नयाँ होटल ‘ब्लु हिमालयन’

१५ पुस, पोखरा । अंग्रेजी नयाँ वर्षलाई छोप्दै पर्यटकीय केन्द्र लेकसाइडमा नयाँ होटल थपिएको छ । पोखरा १४ विशालनगर निवासी युवा पर्यटन व्यवसायी तिलक तिवारीले पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित जरेबरचोक भन्दा एक सय ५० मिटर तल प्रगतिमार्गमा ‘ब्लु हिमालयन’ होटल सञ्चालनमा ल्याएका हुन् ।

तिवारीले ईन्द्रमान चौहानको नवनिर्मित ४ तले घरमा ७० लाख खर्चिएर होटल सञ्चालन गरेका हुन् । आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याएको तिवारीले बताए ।

तीन तले भवनमा सञ्चालनमा आएको होटलमा १६ कोठा छन् । ८ वटा सिंगल र ८ वटा डबल बेड रहेको तिवारी बताउँछन् ।

एउटा कोठालाई भने स्विट रुम बनाउने तयारी रहेको उनको भनाइ छ । सिंगल बेडलाई एक हजार र डबल बेडलाई १ हजार ५ सय प्रति कोठा प्रति रातका लागि तथा स्पेसल कोठाका लागि ४ हजार दररेट कायम गरिएको उनले जानकारी दिए ।

सस्तो खोज्नेहरुका लागि गन्तव्य बनाउने उद्देश्यले होटल खोलेको बताउँदै उनले भने ‘महंगो भयो भन्ने पर्यटकका लागि मेरो होटल विकल्प बन्न सक्छ, किनकि लेकसाइडका होटलहरुको तुलनामा मेरो होटल धेरै सस्तो छ ।’

होटलको ग्राउण्ड फ्लोरमा किचन, बार रुम, डाइनिङ रुम र ३ वटा कोठा रहेका छन् । पहिलो र दोश्रो तलामा सबै कोठाहरु छन् ।

हरेकमा अट्याच बाथरुम रहेको यस होटलको तेश्रो तलाका सबै कोठामा एसी जडान गरिएको छ । होटलका माथिल्ला तलाका कोठाहरुबाट हिमाल र ताल देखिने होटलका सञ्चालक तिवारीले बताए ।

‘होटलको तेश्रो र कौशीबाट शान्ति स्तुपा, सराङकोट र काहुँडाँडासमेत देखिन्छ’, उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment