+
+

सकियो नेपाल ल्युब आयलको २७औं वार्षिक साधारण सभा

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १५ गते १३:३०

१५ पुस, काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभाले सेयर होल्डरहरुलाई ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सो लाभांश मध्ये ३० प्रतिशत नगद र १० प्रतिशत बोनस लाभांश प्रदान गरिने नेपाल ल्युब आयलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयरहोल्डरहरुको उपस्थितिमा सो साधारण सभा सम्पन्न भएको थियो ।

सो अवसरमा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीले नेपालमा लुब्रिकेन्ट व्यवसाय तीव्र प्रतिस्पर्धात्मक अवस्थामा रहे पनि विश्व स्तरीय उत्पादन उपलब्ध भएको र नवीन रणनीति तथा समर्पित समूहका साथ अगाडि बढिरहेकाले सो आर्थिक वर्षमा कम्पनी २६ सय केएल भन्दा बढी लुबि्रकेन्ट बिक्री गर्न सफल भएको बताए ।

यसबाट गल्फले नेपालमा नम्बर १ लुबि्रकेन्ट ब्रान्डको रुपमा आफूलाई कायमै राख्न सफल भएको उनले बताए ।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुबि्रकेन्ट उत्पादन गर्नुका साथै बिक्री-वितरण समेत गर्छ । गल्फ अन्तर्राष्ट्रिय लुबि्रकेन्ट ब्रान्ड हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?