Comments Add Comment

खानेपानीको चुनावमा नेकपा र कांग्रेस मिल्दा पनि स्वतन्त्र उम्मेदवार विजयी

१५ पुस, बुटवल । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएपछि सत्तारुढ दल नेकपाबाट निष्कासन भएका उम्मेदवार देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्ष पदमा विजयी भएका छन् ।

निर्वाचनमा नेकपासहित प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायतका दलहरुले साझा उम्मेदवारका रुपमा मोतीलाल ढकाललाई अघि सारेका थिए । तर, सबै दल एकतातिर हुँदा पनि स्वतन्त्र उम्मेदवार गुमानसिंह कुँवरले चुनावमा बाजी मारे ।

१८ सय ५० मत खसेकोमा कुँवरले ९९७ मत प्राप्त गरे भने ढकालले ८ सय २६ मत प्राप्त गरेका छन् । कुँवर यसअघि पनि अध्यक्ष थिए ।

चुनावमा पूर्वएमाले भित्रको गुटगत लडाइका कारण अध्यक्ष पदमा पार्टीका आधिकारिक उम्मेदवारले हार बेहोर्नुपरेको अन्य दलका नेताहरुले प्रतिक्रिया दिएका छन् ।

चुनाव हारेका ढकाल पूर्वमाओवादी नेता हुन् । पूर्वएमालेका नेता सिद्धिचरण भट्टराईले कार्यकर्ता र जनताको भावना विपरीत ठूलो दलको दम्भमा नेतृत्वले उम्मेदवार छनोट गर्दा नतिजा प्रत्युत्पादक आएको टिप्पणी गरे ।

संस्थाको अन्य पदमा राजनैतिक सहमतिका आधारमा भागबण्डा गरेर पद बाँडफाँट भएको थियो ।

संस्थाको उपाध्यक्षमा मिनादेवी रिमाल, सचिवमा झगरीलाल शर्मा, कोषाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment