Comments Add Comment

क्यानडामा पदक जितेका राजु काठमाडौंमा सम्मानित

१५ पुस, काठमाडौं । क्यानडा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता राजु नगरकोटीलाई नेपाल खेलाडी तथा प्रशिक्षक संघले आइतबार सम्मान गरेको छ ।

गएको सेप्टेम्बरमा क्यानाडाको भ्यानकुभरमा भएको प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कांस्य पदक जितेका थिए । उक्त स्पर्धामा १३ खेलाडी सहभागी थिए ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन, डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका संस्थापक डा. खगेन्द्र श्रेष्ठलगायतले राजुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका हुन् ।

राजु विगत १७ वर्षदेखि मकाउमा सेक्युरिटी सुपरभाइजरका रुपमा कार्यरत छन् । त्यसका अलावा राजु मकाउ तेक्वान्दो संघमा पनि को–ओर्डिनेटरका रुपमा आबद्ध भइ तेक्वान्दाको प्रशिक्षणमा संलग्न छन् । सम्मानित भएपछि राजुले विदेशीय पनि तेक्वान्दो प्रतिको लगाव र माया नघटेको बताउँदै तेक्वान्दोमै समर्पित रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment