Comments Add Comment

नासा र टिएनसीसीले वितरण गरे काभ्रेका पाँच विद्यालयका बालबालिकालाई न्यानो कपडा

अमेरिका । अमेरिकामा नेपालीहरुको साझा संस्थाको रुपमा परिचित नासा संस्था र स्थानीय टियनसीसीले काभ्रेको चौरी देउराली गाउँपालिका पाँच विद्यालयहरुका बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेका छन् ।

सुर्योदय प्रावि, इश्वरीदेवी निमावि,कालिकादेवी प्रावि,बालज्योति प्रावि र ढाँडखर्क प्राविका १८५ जना विपन्न बालबालिकाहरुलाई स्वीटर, टोपी र मोजा वितरण गरिएको संस्थाका सांस्कृतिक कमिटी प्रमुख विशाल भारतीले जानकारी दिए ।

गत मंसिर १९ गते स्वरसम्राट नारायण गोपालको २८औं स्‍मृति दिवसको अवसरमा आयोजना गरिएको नारायण गोपाल सांगीतिक सह्योगार्थ साँझबाट उठेको सम्पूर्ण रकम यस अभियानका लागि खर्चिएको नेपालस्थित संयोजक विशाल केसीले बताए ।

साझा पहल नेपाल संस्थाको रोहबरमा कपडा वितरणा गरिएको थियो ।  न्यानो कपडा पाएपछि अभिभावक र बालबालिका हर्षित भएको एक प्रधानाध्यापक रामहरी चौलागाइले बताए ।

यसअघि पनि भारतीकै अगुवाइमा देशमा विनासकारी भूकम्प जाँदा आफू कार्यरत वेल्श फार्गो बैंकबाट एक लाख डलर रेडक्रसमार्फत प्रदान भएको थियो ।

अन्य लाइभ फन्डराइजिंग कार्यक्रमहरु गरेर कलाकार दीपक छेत्रीको उपाचारको लागि  २ लाख, पपसम्राट गायक ओमबिक्रम बिष्टलाई उपाचारको लागि २ लाख ३० हजार, नेपालमा बाढी पीडितहरुको सहयोगको लागि एकहजार १३ परिवारलाई १० लाख बराबरको राहत, भजन शिरोमणी भक्तराज आचार्य संगीत प्रतिस्ठान सहयोगार्थको लागि करिब २ लाख, देशका शीतलहर प्रभाबित पाँच जिल्लाका ६३० घरपरिवारलाई पाँच लाख बराबरको नियानो कम्बल वितरण गरेका थिए ।

केही  समय अगाडि भारतीकै अगुवाइमा अमेरिकामा गठन भएको आमा समूहको बिभिन्न कार्यक्रम गरी उठेको करिब एक लाख रुपैयाँ बराबरको लत्ता कपडा पशुपतिको ब्रिदाश्रममा बसोबास गरिरहेका जेष्ठ नागरिकलाई यसै महिना प्रदान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment