Comments Add Comment

आँचलको इनर्जी

नायिका आँचल शर्मा यतिबेला चलचित्र ‘दाल भात तरकारी’को सेटमा व्यस्त छिन् । अहिले पनि उनी, मल्टिस्टारर चलचित्रमा काम गर्दा नाफा र घाटा दुबै हुने कुरा भन्न छाड्दिनन् । उनलाई यो चलचित्रमा काम गर्दा घाटा वा नाफा के हुन्छ थाहा छैन । तर, जे हुन्छ राम्रै हुन्छ भन्ने सोचमा छिन् उनी ।

तर, यसपटक भने उनी चलचित्रको गीतमा आफू निकै राम्री देखिएकोमा खुशी छिन् । तपाई यती राम्री यसअगाडि कहिले देखिनुभएको थियो भन्ने प्रश्नमा उनले भनिन्–‘खै त्यो त म कसरी भन्न सक्छु र ? यो तपाइहरुले मुल्यांकन गर्ने कुरा हो ।’

आँचललाई हट पहिरनमा उतारेका कोरियोग्राफर कविराज गहतराज उनको इनर्जीले भिडियो अझै सशक्त बनेको बताउँछन् ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment