Comments Add Comment

अवसर पाए थुप्रै सन्दीपहरु मैदानमा देखिने छन्ः कप्तान पारस

१६ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का यतिबेला अष्ट्रेलियामा क्रिकेट गतिविधिमा ब्यस्त छन् ।

कप्तान पारस खड्कासँगै नेपाली क्रिकेट टिमका नियमित सदस्य दीपेन्द्रसिंह ऐरी र यू-१९ राष्ट्रिय क्रिकेट टिमका पूर्व सदस्य सुवास प्रधानले एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले गरेको क्रिकेट मेलामा प्रशिक्षण दिइरहेका छन् ।

कप्तान पारस खड्काले नेपालमा प्रतिभाको कमी नरहेको भन्दै अवसर पाए नेपाली खेलाडीले केही गरेर देखाउने बताए । कप्तान पारसले भने, ‘हामीसँग प्रतिभाको कुनै कमी छैन । अवसर पाए थुप्रै सन्दीप लामिछानेहरु अघि आउने छन् ।’

एक्सपर्टले अष्ट्रेलियाका विभिन्न चार शहरहरुमा त्यहाँ रहेका नेपालीहरुसँग क्रिकेट अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

यसअघि त्यसतर्फ प्रस्थान गर्ने समयमा कप्तान पारसले क्रिकेट अष्ट्रेलियासँग नेपाली क्रिकेटको विकास गर्नका लागि छलफल गर्ने पनि बताएका थिए ।

एक्सपर्ट क्रिकेट क्लब मेल्वर्न, सिड्नी, बि्रसवेन र एडिलेडबीच सिड्नीमा प्रतिस्पर्धा पनि हुँदैछ । उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडीले आगामी संस्करणको पोखरा पि्रमियर लिग -पीपीएल) मा एक्सपर्ट धनगढी ब्लुजबाट खेल्ने अवसर समेत पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment