Comments Add Comment

कार चोर्न लाग्दा कारभित्र फसेपछि…

दुनियामा अनौठा घटना भैरहन्छन् । कतिपय घटना यतिधेरै अनौठा र रोचक हुन्छन् कि अत्यधिक चर्चामा आउन सफल हुन्छन् ।

हालै नर्वेमा पनि यस्तो घटना भएको छ । एकजना किशोरलाई कार चोर्न जाँदा ठूलै आपत् परेको छ । कार चोरेर लैजानका लागि कारभित्र पसेको बेलामा भित्रै थुनिएपछि उनले आफ्नै उद्धार गर्नका लागि पुलिस बोलाउनु परेको छ ।

गत सोमबार यो घटना भएको हो । पुलिस आफैले घटनाको बारेमा टि्वट मार्फत जानकारी गराएको छ ।

सोमबार विहान पुलिसलाई एकजना किशोरले आफु कारभित्र फसेको भन्दै उद्धारका लागि फोन गर्‍याे ।

जब पुलिस त्यो युवकले भनेको ठाउँमा पुग्यो र उसको बारेमा जानकारी लियो तब अचम्ममा पर्‍याे ।

कार चोरेर गुडाएर लैजानका लागि कारभित्र छिरेको त्यो युवक कारको ढोका नखुलेपछि बाहिर निस्कन सकेन । अनि पुलिस गुहार्न बाध्य भयो ।

प्रहरीले कारको ढोका खोलेर त्यो युवकलाई बाहिर निकाल्यो । युवक आफु मुक्त भएकोमा ढुक्क थियो । तर उसलाई पुलिसले पक्राउ गरी चौकीमा लग्यो । चौकीमा उसका अभिभावकलाई बोलाएर पुलिसले आइन्दा त्यस्तो काम नगर्ने शर्तमा जिम्मा लगाइदियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment