Comments Add Comment

विप्लवका २२ विद्यार्थी नेता नेकपामा प्रवेश 

१६ पुस, काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वका विद्यार्थी नेताहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ जनाले नेकपामा प्रदेश गरेका हुन् ।

विप्लवबाट बिद्रोह गरी आएका उनीहरुलाई  नेकपाका अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा स्वागत गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताए । ‘हामी नयाँ बाटोमा भएपनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन । उद्देश्य प्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नु पर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ र त्यसरी मात्र शिखरमा पुगिन्छ । राजनीति र समाज पनि शिखर चढे जस्तै हो,’ उनले भने ।

अध्यक्ष प्रचण्डले बिद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरुबीच समझदारी गराएर गणतन्त्र र समावेशी सम्भव भएको बताए ।

प्राप्त उपलब्धी सानो र सजिलो गरी नभइ हजारौको बलिदानबाट भएको भन्दै प्रचण्डले भने-समाजवादको यात्रा महान गम्भीर र लामो यात्रा हो । यसका लागि व्यापक एकताको खाँचो पर्छ । हिजो जुन सपना देखेर हामी हिँडेका थियौं ती सबै शक्ति एकपल्ट एकजुट हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment