Comments Add Comment

नेकपाका ९ नेतालाई ओली र प्रचण्डले बालुवाटार बोलाए

१६ पुस,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठानिक एकताको काम टुंगो लगाउने प्रस्ताव तयार गर्न गठित कार्यदललाई अध्यक्षद्वय केपी ओली र प्रचण्डले बालुवाटारमा बोलाएका छन् ।

कार्यदलले गर्ने जिम्मेवारीबारे निर्देशन दिन उनीहरुलाई सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।

स्थायी कमिटीबाट गठित ९ सदस्यीय कार्यदलमा महासचिव विष्णु पौडेल,सचिवालय सदस्य रामबहादुर थापा बादलसहित स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, बेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।

कार्यदलको संयोजक तोकिएको छैन । अध्यक्षहरुले संयोजक तोक्ने वा कार्यदलले नै चुन्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ । संगठनात्मक एकतासम्बन्धी समग्र प्रस्ताव तयार गर्ने कार्यदलका सदस्य बेदुराम भुसालले बताए ।

केन्द्रीय निकायदेखि लिएर स्थानीय तहका कमिटीहरु,जनसंगठनहरुको एकता लगायत यसअघि केन्द्रीय सचिवालयले गरेका र विधिसम्मत नभएका भनिएका निर्णयको समेत अध्ययन गर्ने बताइएको छ । विधानमा बाझिएका विषयमा पनि कार्यदलले प्रस्ताव तयार गर्ने भुसालले बताए ।

उनले भने–यो कार्यदलले पहिलो काम त तलका कमिटी र जनसंगठनहरुको एकताको प्रस्ताव तयार गर्छ गर्नेछ । दोस्रो काम भनेको पोलिटव्यूरो गठनदेखि केन्द्रीय सदस्यहरुको कार्य विभाजनलगायतका कामहरुको पनि प्रस्ताव तयार पार्नेछ । सँगसँगै विधानकै बारेमा पनि राय दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment