Comments Add Comment

सरकारले कर्मचारीलाई पार्टीको नियन्त्रणमा राख्न खोजेको छ : देउवा

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा नेतृत्वको सरकारले कर्मचारीलाई पार्टीको नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन् ।

मेलमिलाप दिवसको अवसरमा कांग्रेसले गरेको कार्यक्रममा सभापति देउवाले कर्मचारीमाथि नियन्त्रण गर्नु सरकारको अधिनायकवादी सोचको सुरुवात भएको बताए ।

‘सरकार तानाशाही र एकलौटी गर्न खोजिरहेको छ । ब्युरोक्रेसीलाई पार्टीको कन्ट्रोलमा लान खोजिरहेको छ । त्यसैगरी पुलिसमा होला, सेनामा होला’ देउवाले भने ‘हामी न्युट्रल ब्युराक्रेसी, आर्मी, पुलिस चाहन्छौं । तर सरकार हस्तक्षेप गर्न खोज्दैछ । यो अधिनायकवादी सोचको सुरुवात हो ।’

सरकारले लोकतन्त्रविरोधी काम गरिरहेको भन्दै देउवाले आफूहरु अहिले पनि मेलमिलापको पक्षमा रहेको बताए । ‘मेलमिलाप नीतिमा कांग्रेस हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ’ उनले भने ‘हामी मेलमिलाप चाहन्छौं । तर सरकार तानाशाही व्यवहार देखाउँदैछ ।’

महासमिति बैठकले पारित गरेको नयाँ विधानअनुसार नेपाली कांग्रेस पूर्ण समावेशी पार्टी बनेको बताउँदै उनले अब महिला, दलितलगायत उत्पीडित क्षेत्रको सदस्यता बढाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment