Comments Add Comment

लागूऔषधसहित दुईजना युवती पक्राउ

१६ पुस, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दुईजना महिलालाई लागूऔषध इन्जेक्सनसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-७ बस्ने की २१ वर्षीया रोजी नगरकोटी र काभ्रेको बनेपा नगरपालिका-८ घर भइ काठमाडौं महानगरपालिका-७ चाबहिल कुमारी गाल बस्ने २८ वर्षीया रितु थापा (महर्जन)लाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको हो ।

उनीहरुलाई डाइजेल्याप ६४, फेनार्गन २३ र १९ एम्पुल नूफिर्नसहित वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरस्थित सडकबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको ।

आदर्शनगरस्थित सड्कमा दक्षिणबाट घण्टाघरतर्फ आउादै गरेका पैदल यात्रु तथा सवारीसाधन चेकजााच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

दुईजना मध्ये रितुले बोकेको पहेलो रंगको झोलामा लागूऔषध इन्जेक्शन फेला परेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment