Comments Add Comment

कीर्ते गरी जग्गा किन्ने जनप्रतिनिधिको पद खोसियो

१६ पुस, विराटनगर । एउटा वडाको जग्गा अर्कै वडामा दे्खाएर खरिद गर्ने जनप्रतिनिधिको पद गुमेको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका १ का वडासदस्य दुर्गाप्रसाद सिटौला जग्गा विवादमा मुछिएपछि न्यायिक समितिले सदस्यबाट हटाएको हो ।

वडा सचिव कमल भट्टराईसँग मिलेर एउटा वडाको जग्गा अर्कै वडामा देखाएर खरिद गरेको भेटिएपछि सिटौलालाई न्यायिक समिति सदस्यबाट हटाइएको हो । सिटौलास“गै कीर्ते गरी जग्गा खरिद गर्ने वडा सचिवलाई भने कारवाही गरिएको छैन ।

स्थानीय ८५ बर्षीया द्रुपदा गजुरेलको वडा नम्बर २ मा रहेको साढे १० कट्ठा जग्गा सिटौला र भट्टराईले वडा नम्बर ३ बाट सिफारिस बनाएर श्रीमतीको नाममा पास गराएका थिए । स्थानीय बासिन्दा समेत रहेका भट्टराई वडा नम्बर ३ कै सचिव हुन् ।

चलनचल्तीको मूल्य भन्दा सस्तोमा कीर्ते गरी जग्गा पास गरेको भन्दै दु्रपदाका छोराले न्यायिक समितिमा उजुरी गरेपछि घटना बाहिर आएको थियो ।

साढे १० कट्ठा जग्गा सिटौलाले श्रीमती कमलादेवी सिटौला र वडा सचिव भट्टराईले श्रीमती गंगादेवी भट्टराई र स्थानीय चन्द्रमाया विश्वकर्माले दामासाही रुपमा खरिद गरेका थिए ।

जग्गा विवादमा मुछिएको पाइएपछि वडा सदस्य र सचिव दुबैलाई कारवाही गर्न लागिएको पथरी शनिश्चरे नगरपालिका मेयर दीलिपकुमार राईले बताए ।

‘वडा सदस्यलाई कारवाही गर्छाैं’ नगर प्रमुख दिलिपकुमार राईले भने ‘वडा सचिवलाई पनि कारवाही हुन्छ ।’ नगरसमितिको बैठकपछि सिटौलालाई न्यायिक समितिको सदस्यबाट हटाउने राईले बताए ।

वडा सचिव भट्टराई स्थानीय बासी हुन् । उनकै सक्रियतामा छ लाख रुपैया प्रति कट्ठाका दरले ८५ बर्षीया वृद्धा गजुरेलको नाममा रहेको जग्गा खरिद बिक्री भएको थियो । द्रुपदा छोरीको घरमा बस्दै आएकी छन् ।

जग्गा किनबेचमा मुछिएका वडा सचिव भट्टराई दुई नम्बर वडाको जग्गा ३ बाट सिफारिस भएको स्वीकार गर्छन् । केही स्थानमा एउटा वडामा रहेको जग्गाको नक्सा अर्काे वडामा देखिने बताउदै उनले गजुरेलको जग्गामा भने त्यस्तो समस्या नदेखिएको बताए । जग्गाको सिफारिस जग्गाधनीले नै गरेको बताउदै उनले जानकारी नभएको बताए ।

वडा सदस्य भन्छन् ‘राजीनामा हो कारवाही होइन

यता जग्गा विवादमा मुछिएपछि आफूले राजीनामा दिएको वडा सदस्य दुर्गाप्रसाद सिटौला बताउँछन् । ‘कारवाही होइन मैले नै राजीनामा दिएको हो ।’ उनले भने ‘तर राजीनामा स्वीकृत भएको छैन ।’

कीर्ते नगरेको बताउदै उनले आफ्नो श्रीमतीको नाममा जग्गा खरिद गरेको बताए । पुस ११ गते नै राजीनामा दिएपनि स्वीकृत नभएको बताउदै उनले राजीनामा स्वीकृत नभए काममा फर्किने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment