Comments Add Comment

आर्मी जावलाखेलसँग बराबरीमा रोकियो

१६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल आर्मी क्लबलाई जावलाखेल युथ क्लबले गोलरहित बराबरीमा रोकेको छ ।

हलचोकस्थित एपीएफको खेलमैदानमा सोमबार भएको १२ औं राउण्डको खेलमा आर्मीले जावलाखेल युथ क्बलसँग गोलरहित बराबरी खेलेको हो । खेलअवधिभर आर्मीले बल नियन्त्रणमा राखे पनि गोल गर्न भने सकेनन् ।

पहिलो हाफमा आर्मीले एकपछि अर्को अवसर खेर फालेको थियो । दोस्रो हाफमा पनि आर्मीको अवस्था उस्तै देखिएको थियो । यता, जावलाखेलले भने आर्मीविरुद्ध उत्कृष्ट प्रदर्शन ग¥यो । आर्मीविरुद्धको खेलमा जावलाखेलले डिफन्समा निकै चुस्त बनाएको थियो ।

बराबरीसँगै आर्मीको १२ खेलबाट २२ अंक भएको छ । यता, जावलखेलको भने १२ खेलबाट १२ नै अंक रहेको छ ।

फ्रेन्ड्समाथि बीबीसको सहज जित

ए डिभिजन लिगअन्तर्गत नै आजै भएको अर्को खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले फ्रेन्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा जित हात पार्ने क्रममा बीबीसीका लागि काजिम बुसारीले दुई गोल गरे । त्यस्तै, अब्बु सियहले गोल गरे ।

खेलको नवौं मिनेटमा नै काजिमले गोल गर्दै बीबीसीलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ४६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बीबीसीलाई दोब्बर अग्रतामा पु¥याए । खेलको अतिरिक्त समयमा अब्बुले गोल गर्दै बीबीसीलाई ३–० गोलको जित दिलाएका हुन् ।

जितसँगै बीबीसीको १२ खेलबाट ९ अंक भएको छ । पराजित फ्रेन्ड्स क्लबको भने १२ खेलबाट ९ अंक नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment